वेल्जियमबाट आईसीसीमा गुरुङको उम्मेदवारी

202
  •  
  •  
  •  

pdm grungबल्जियम, ८ भदौ (ओएनएस) : गैर आवासीय नेपाली संघ बेल्जियमको आसन्न महाधिशन नजिकिदै गर्दा अन्तर्राष्ट्रिय समन्वय परिषद (अाईसीसी) सदस्यमा बेल्जियमबाट पदम गुरुङले पनि उम्मेदवारी घोषणा गरेका छन्।

अब उनीसंगै बेल्जियमबाट अन्तर्राष्ट्रिय समन्वय परिषदमा दुई सदस्यका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । याे पदमा चित्र सुवेदी, सरु चापागाई र पूर्ण तिमल्सेनाले यसअघि नै उम्मेदवारी घाेषणा गरिसकेका छन् ।

बेल्जियमको नेपाली समुदायमा चर्चित नाम पदम गुरुङ गैर आवासीय नेपाली संघ, बेल्जियमका पूर्व उपाध्यक्ष तथा तमू समाज बेल्जियमका पुर्व सस्थापक उपाध्यक्ष पनि हुन् । उनी विगत १५ बर्ष अघिदेखि बेल्जियमलाई कर्म थलो बनाउदै आएका छन् ।

आगामी २०१७ – २०१९ का लागि आईसिसि सदस्यमा गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय स्तरमा बेल्जियमको भूमिका अझ प्रगाढ तथा दिगो बनाउनुका साथै बेल्जियमको भूमिका बिगतमा भन्दा अझ सशक्त रुपमा चित्रित गर्नका लागि नै आफ्नो उम्मदेवारी रहेको उनले बताए ।

 


  •  
  •  
  •