हेर्नुहोस् क–कसले गरे पदक लिन अस्वीकार ?

113
  •  
  •  
  •  


काठमाडौं । सरकारले दिने निर्णय गरेको पदक पूर्वमन्त्री पीएल सिंह र दुईजना पत्रकारले अस्वीकार गरेका छन् । सरकारले पूर्वमन्त्री सिंहलाई सुप्रशिद्ध प्रबल जनसेवाश्री बाट विभूषित गर्ने निर्णय गरेको थियो । वर्तमान संविधानलाई आफूले स्वीकार नगरेकाले विभूषण अस्वीकार गरेको सिंहको भनाइ छ ।

यस्तै वरिष्ठ पत्रकार हरिबहादुर थापाले सरकारले संविधान दिवसका दिन दिने घोषणा गरेको सुप्रबल जनसेवाश्री पदक नलिने घोषणा गरेका हुन् । उनले आफूलाई विगतमा पनि पटक पटक पदकका लागि सोधिएको स्मरण गराएका छन् । उनले सरकारले दिने पदक र अलंकारबारेमा आफूले पटक पटक प्रश्न उठाउँदै आएको पनि बताएका छन् ।

त्यस्तै चर्चित कार्टुनिष्ट तथा पत्रकार रविन सायमीले पनि सरकारी पदक नलिने घोषणा गरेका छन् । पञ्चायतकालमा जस्तै विभूषण वितरण भइरहेको उल्लेख गर्दै उनले पदक नलिने घोषणा गरेका हुन् ।


  •  
  •  
  •