पढाइ खर्च जोहो गर्न यार्सा संकलनमा

168
  •  
  •  
  •  

मुगु । मुगुका अधिकांश बालबालिका पढाइ खर्च जोहो गर्न यार्सा संकलनमा गएका छन् ।  यार्सा संकलनका समयमा मुगुमकामरोगं गाउँपालिका विद्यालय सबै बन्द भएका छन् । सान देखि ठूलासम्म यार्सा संकलनको लागी पाटनतिर लागेका छन् ।

ठिल्लेसाङमू पनि यार्सा संकलनमा

गाउँघरमा प्रधानमन्त्रीकी छोरी भनेर चिनिने मुगुको मकामरोगं गाउँपालिका वडा नम्बर ८ माग्री गाउँकी ठिल्लेसाङमू लामा पनि पढाई खर्च जोहो गर्न यार्सा संकलनका लागी मुगुको उच्च पाटन पुगेकी छन् ।

आर्थिक अवस्था कमजोर भएर घर धन्दा चलाउन र पढाई खर्चको जोहो गर्न आमाको साथमा उनी यार्सा संकलनका लागी पाटनमा पुगेकी हुन् ।

गत वर्षको कर्णाली रारा पर्यटक वर्ष २०७५ को शुभारम्भसँगै विद्याथी भर्ना अभियानको शुरुवात गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले ठिले साङ्गमुको अभिभावकत्व ग्रहण गर्दै विद्यालयमा भर्ना गराएका थिए ।

कक्षा १ मा प्रथम भई वैशाख २ गते बुद्ध माध्यामिक विद्यालयमा कक्षा २ मा भर्ना भएकी ठिल्लेसाङमु विद्यालय बन्दको मौका छोपि आमाको साथमा यार्सा संकलनको लागी पाटनमा गएकी हजुरबुवा कार्माछेवाङ लामाले बताए ।

ठिल्लेसाङमु कक्षा १ मा ८३ प्रतिशत अंक ल्याएर प्रथम बनेकी हुन् । ठिल्लेसाङमुका बुबा छैनन् । बुवा चार वर्ष पहिले वितेका थिए ।

एक भाई दुई, बहिनी छन् । ८ वर्षीया ठिल्लेसाङमु लामा गत वर्षपनि यार्सा संकलनको लागी पाटन पुगेकी थिइन् ।उनीमात्र होइन, प्रधानमन्त्री पत्नी राधिका शाक्यले भर्ना गराएकी छिरिङछोन्जुङ लामा पनि यार्सा संकलनको लागी पाटन पुगेकी छन् ।

उनी अहिले कक्षा ३ मा पढ्छिन् ।
उनका पनि बुवा छैनन् । छिरिङछोन्जुङका बुवालाई यार्साको सिजनामा ५ वर्ष पहिले गुन्डाले मारीदिएका वडा न ८ का वडा अध्यक्ष छिरिङ लामा बताउँछन् ।

घरको आर्थिक अवस्था कमजोर हुँदा उनीहरु आमाको साथमा यार्सा संकलनका लागी यार्सा पाउने पाटनमा गएका वडा अध्यक्ष छिरिङ लामाको भनाइ छ । खेतीपाती गरौँ, जग्गा छैन । तीन महिनासम्म पनि खाना पुग्दैन । श्रीमान् दुवैका छैनन् ।

प्रधानमन्त्रीले छोरीहरुलाई स्कुल त भर्ना गरिदिनुभयो । कापी कलम किन्नै समस्या छ । त्यसैले यार्सा संकलनको समयमा छोरीलाई साथमा ल्याएको ठिल्लेसाङमूकी आमा छिजु तामाङ बताइन् ।


  •  
  •  
  •