भक्तपुरमा ७ औं पहुँचयुक्त पर्यटन दिवस मनाइयो

245
  •  
  •  
  •  

भक्तपुर । विविधि प्रकारका अपाङ्गता भएका नागरिकको पहुँचयुक्त पर्यटनको वर्तमान अवस्था, अवरोध र सम्भावनाबारेको बहस एवं भक्तपुर दरवार स्क्वायरभित्रका विविध सम्पदाको अवलोकनका साथ ७ औं पहुँचयुक्त पर्यटन दिवस मनाइएको छ ।

भक्तपुर दरवार स्क्वायरमा अपाङ्गता भएका नागरिक, अपाङ्गता अधिकारकर्मी, अपाङगता भएका नागरिकको पहुँचयुक्त पर्यटनको पैरवी गरिरहेका पर्यटन व्यवसायी एवं अधिकारर्मी एवं नेपाल पर्यटन बोर्डका अधिकारीको उपस्थितिमा सो दिवस मनाइएको हो ।

शारीरिक अपाङगता भएका नागरिक, हिवलचियर प्रयोगकर्तादेखि दृष्टिविहीन अपाङ्गता, श्रवण तथा बोलाई सम्बन्धी अपांगता तथा डाउन सिन्ड्रोम अपाङ्गता भएका नागरिकहरुले भक्तपुर दरबार स्क्वायर भित्रका विभिन्न पुरातात्विक, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको अवलोकन गुर्नका साथै पहुँचयुक्त पर्यटनका सन्दर्भमा एक छलफल कार्यक्रम समेत दिवसमा अवसरमा सम्पन्न भएको थियो ।

अन्य नागरिकसरह पर्यटकीय गन्तव्यको बिना अवरोध भ्रमण या अवलोकन गर्न पाउनु अपाङगता भएका नागरिकको मौलिक अधिकार भएको भन्दै पहुँचयुक्त एवं समावेशी पर्यटनको अवस्था, अवरोध र अपाङ्गतामैत्री पर्यटनको सन्दर्भमा कार्यक्रममा बहस समेत भएको थियो ।

कार्यक्रममा स्पाईनल इन्जुरी संघ नेपालका संस्थापक अध्यक्ष कनकमणि दिक्षितले भने, कसैको सहयोगबिना आफ्नै बलमा अपाङगता भएका नागरिकले पनि नेपालका पर्यटकीय गन्तव्यको अवलोकन गर्न पाउने अधिकारको सुनिश्चित्ता हुनुपर्छ । देशकोपर्यटन नीतिदेखि सूचना, पूर्वाधारमा पहुँच र अर्थतन्त्रमा अपाङ्गता भएका नागरिकको पहुँचयुक्त पर्यटनले पुरयाउन सक्ने योग्दानको महत्बोध राज्य तथा अन्य सरोकारवाला निकायले गर्ने या नगर्ने भन्ने विषयले नै पहुँचयुक्त पर्यटनको भविष्य निर्धारण गर्ने धारणा वक्ताहरुको थियो ।

भएका पर्यटकीय गन्तव्यलाई पुहँचयुक्त बनाउनेदेखि नयाँ पहुँचयुक्त पर्यटकीय गन्तव्यको पहिचान, विश्वव्यापी ढाँचामा पूर्वाधार निर्माण, नीति निर्माण गर्नेदेखि पर्यटनसँग सम्बन्धित सरोकारवाला सबैमा अपाङगता भएका नागरिक पनि पर्यटक पाहुना हुन सक्छन, पहुँचयुक्त पर्यटन पनि नेपाली अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बन्न सक्छ भन्ने सोचको विकास र विस्तार गर्न सकेको सन्दर्भमा समावेशी पर्यटनको अवधारणाले पूर्णता पाउने धारणा वक्ताहरुले राखेका थिए ।

अन्य पर्यटकले भन्दा अपाङगता भएको विदेशी पर्यटकले नेपालमा बढि खर्च गरेको देखिएको भन्दै पहुँचयुक्त पर्यटनलाई नेपाली पर्यटनको मूलप्रबाहिकरण गर्न आवश्यक रहेको वक्ताहरुले बताएका थिए । कार्यक्रममा स्पाईनल इन्जुरी संघ नेपालका संस्थापक अध्यक्ष कनकमणि दीक्षित, कार्यकारी निर्देशक इशा थापा, नेपाल पर्यटन बोर्डका सुमन घिमिरे, इन्टरनेशलन डिभेलम्पमेन्ट इन्स्टिीच्यूटका रोसन घिमिरे, फोर सिजन ट्राभल एण्ड टुर्र्सका पंकज प्रधानांग, दृष्टिविहीन अपाङ्गता भएका अधिकारकर्मी सुशिल अधिकारी, शारीरिक अपाङगता एवं हिवलचियर प्रयोगकर्ता सफ्टवेयर इन्जिनियर श्रीति श्रेष्ठ लगायतले पहुँचयुक्त पर्यटनका अवरोध, सम्भावना र सरोकारवाला निकायले गर्नुपर्ने कामका बारेमा धारणा रोखका थिए । प्यानल छलफल भक्तपुर दरबार स्क्वायर नजिककैको द ननी होटलमा भएको थियो ।


  •  
  •  
  •