संघीयतामा लचक भए सहमति हुन्छ : प्रचण्ड

178
  •  
  •  
  •  

prachandaकाठमाडौ, ५ माघ(ओएनएस) : एमाओवादीका अध्यक्ष पुष्पकमलव दाहाल प्रचण्डले सत्तारुढ दलले संघीयतामा लचक भए सहमति निस्कने बताएका छन् ।

एमाओवादी नेतृत्वको मोर्चाले मंगलबार आह्वान गरेको आम हड्तालको विषयमा जानकारी दिन इन्द्रेणी फुडल्याण्ड नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्ड संघयताबाहेक अन्य विषयमा सहमतिमा पुगेको बताउँदै संघीयतामा सहमति भए प्रक्रियामा जान सकिने बताए ।

उनले सहमति नभएकोले भोलीको बन्द नरोकिने र सहमतिको संविधान ल्याउन आन्दोलन सशक्त रुपमा अघि बढ्ने बताए । ‘ सहमति भएको छैन, बन्द रोकिदैन।” उनले सहमतिमा संविधान निर्माणमा दबाब दिन भोलीको बन्द नरोकिने बताए ।


  •  
  •  
  •