ओलीमाथि खनिदै प्रचण्डले भने: ‘ओलीजीले कन्जरभेटिभ, सामान्ती र एकात्मकवादको प्रतिनिधित्व गर्नुहुन्छ ’

436
  •  
  •  
  •  

काठमाडौं, ९ पुस (ओएनएस) :  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीचको बाकयुद्ध चर्कदै गएको छ । यसै क्रममा प्रचण्डले बुधबार ओलीबिरुद्ध कटु बचन प्रहार गरेका छन् ।

बुधबार सिंहदरबारमा भएको ३० दलीय गठबन्धनको आन्दोलनको घोषणा गर्ने कार्यक्रमा प्रचण्डले ओलीलाई ‘कन्जरभेटिभ, सामान्ती र एकात्मकवादी” भएको आरोप लगाए । पछिल्लो केहि दिन यता ओलीले प्रचण्डबिरुद्ध र प्रचण्डले ओलीबिरुद्ध आरोप लगाउँदै कटु बचन प्रयोग गर्दै आएका छन् ।

सिंहदराबरमा आक्रमक शैलीमा प्रस्तुत भएका प्रचण्डले भने ‘ केपी ओलीजीले कन्जरभेटिभ, सामान्ती र एकात्मकवादको प्रतिनिधित्व गर्नुहुन्छ । त्यसैले राजतन्त्रको अन्त्य भैसकेको अवस्थामा पनि आफैं राजाजस्तो, राजतन्त्रको प्रतिनिधित्व आफैं गर्छुजस्तो शैलिमा प्रस्तुत भइरहनुभएको छ ।’

30 dal (3)

गत शनिबार बालुवाटारमा भएको तीन दलको बैठकमा ओलीले आन्दोलनको मोर्चा भंग गर्न आग्रह गरेपछि दुबै नेताहरु आरोप प्रत्यारोपमा उत्रिदै आएका छन् । आइतबार प्रचण्डले जातीयता र पहिचानको कुरा सुन्न नचाहाने ओली ‘देशको ठेकेदार वा कुनै महाराज नभएको ’ भनि अरोप लगाएका थिए । लगत्तै ओलीले पनि सर्लाहीमा भएको कार्यक्रममा सहमतिको कुरा गर्दा प्रचण्ड कमिलाले टोेकेको जस्तु बुरुक्क  उफ्रिएको बताएका थिए । काठमाडौं फर्केपछि ओलीले प्रचण्डले नाटक गरेको भन्दै नाटकघरमा किन प्रचण्डलाई अभिनय गर्न लिदैनन् भनि टिप्पणी गरेका थिए ।

बुधबारको पत्रकारसम्मेलनमा प्रचण्डले काँग्रेस–एमालले संविधानमा पहिचानको कुरा स्वीकार नगरेकोले आन्दोलनको घोषणा गरेको दाबी गरे । तर पनि सहमतिको प्रयास भने जारी राख्ने प्रचण्डको भनाई थियो ।

दाहालले कांग्रेस एमालेले नियमावली विपरीत माघ ८ मा संविधान जारी गर्न दबाब दिएको आरोप लगाए । उनले नियमावलीविपरीत जबरजस्ती संविधान ल्याउन खोजे सडक र संविधानसभाभित्रबाट प्रतिवाद गर्ने चेतावनी दिए ।

एमाओवादी नेतृत्वको मोर्चाले पुस १९ गतेदेखि संघर्ष कार्यक्रम घोषणा गरेको छ कार्यक्रममा दिइएको जानकारी अनुसार १९ गते ७५ वटै जिल्लामा जुलुस र सभा हुनेछ भने २५ देखि २९ गतेसम्म प्रदेशमा पालोपाले गरेर हड्ताल घोषणा गरिएको छ ।

जासमा २५ गते खसान, खप्तड, कर्णाली बन्द, २७ गते किरात, खम्बुवान, लिम्बूवान, मगरात र तमुवान तथा २८ गते थरुहट र मधेस (अवध, मिथिला, भोजपुरा, कोचिला)मा तथा २९ गते नेवाः र ताम्सालिङ बन्द घोषणा गरिएको छ । माघ ५ देशव्यापी आमहड्ताल गर्ने मोर्चाले जनाएको छ ।

30 dal (2)


  •  
  •  
  •