समानान्तर सरकार गठन गर्ने प्रचण्डको चेतावनी

94
  •  
  •  
  •  

prachandaकाठमाडौं, २९ माघ (ओएनएस) :  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरुले आफ्ना हठ नत्यागे समानान्तर सरकार गठन गर्ने चेतावनी दिएका छन् ।

प्रचण्डले पहिचान पक्षधर संघीय गठबन्धनले गठन गरेको ‘लाठीधारी’ युवा दस्ताको बिहिबार उद्घाटन गर्ने क्रममा काँग्रेस–एमालेले विगतका सहमति लत्याए समानान्तर सरकार गठन गर्नुको विकल्प नभएको बताएका हुन् ।

चैतमा तेस्रो चरणको आन्दोलनको घोषणा गरेका एमओवादी अध्यक्ष प्रचण्डले केन्द्रीय स्तरमा केन्द्रीय सरकार गठन गर्दै अन्तर्राष्ट्रिय बैधानकिता खोज्ने बताए । संघीय पक्षधरको लाठीधारी युवा दस्ता सार्वजनिक गरेजस्तै आफुहरुले पनि १५ लाख युवालाई संगठीत भए प्रतिकार गर्ने बताए ।

प्रचण्डले पहिलो चरण एमाओवादीबाट १० हजार र ३० दलीय मोर्चाको अन्य दलबाट गरी थप १० हजार युवा परिचालन गरिने दोस्रो चरणमा त्यसलाई २ लाख र तेस्रो चरणमा १० देखि १५ लाखको संगठित युवा दस्ता तयार गरिने बताए ।

उनले आन्दोलनमा नाकाबन्दी, सरकारी कार्यालय कब्जादेखि प्रादेशिक सरकारको गठन र अन्त्मिमा केन्द्रीय सरकार गठनको कार्यक्रम रहने उल्लेख गरे ।


  •  
  •  
  •