‘प्याब्सन आँगन’ अडिसन

102
  •  
  •  
  •  

विराटनगर । एकल गायन र नृत्य समावेश गरिएको ‘प्याब्सन आँगन’ प्रतियोगिताको छनौट चरणको अडिसन सम्पन्न भएको छ ।

प्याब्सन विराटनगरले आयोजना गरिएको अडिसन विराटनगर शनिबार सम्पन्न भएको हो । ८० भन्दा बढी विद्यालयहरूबाट गायनमा ९५ र नृत्यमा १ सय ५५ जना गरि २ सय ५० जना प्रतियोगिहरूले भाग लिएको प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राईले जानकारी दिए ।

पहिलो अडिसनबाट १ सय ६५ जना छनौट भएको उनले बताए । अध्यक्ष राइका अनुसार नृत्यतर्फ ९६ र गायनतर्फबाट ६५ जना छनौट भइ क्वाटरफाइनलमा प्रवेश गरेको जानकारी दिए । क्वाटरफाइन असार १३ गते हुनेछ ।

‘सँधैको लागि, सवैको लागि, राष्ट्रको शिक्षा, कलाको लागि, प्याब्सन आँगन, प्याब्सन विराटनगर’ मुल नाराको साथ उक्त प्रतियोगिता सुरु भएको हो । पहिलो अडिसनमा सोचभन्दा राम्रो संख्यामा प्रतियोगिहरूले भाग लिएको उनले बताए । ‘प्याब्सन विराटनगरले पहिलो पटक आयोजना गरिएको सृजनात्मक प्रतियोगितामा उत्साहजनक विद्यार्थीको सहभागि छ,’ उनले भने, ‘प्याब्सनले गर्ने यो प्रतियोगिता शयरहित, निष्पक्ष र भव्य रूपमा ग्राण्ड फिनाले गर्नेछ ।’

विद्यालयहरूमा अध्ययरत विद्यार्थीहरूको अन्तर निहित कलाकारिताको दक्षतालाई अभिवृद्धी गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कक्षा १० सम्म अध्ययरत विद्यार्थीहरूले यो प्रतियोगितामा भाग लिएका छन् । तीन चरणको अडिसन राउण्ड पूरा गरेपछि प्रतियोगिता फाइनलमा पुग्नेछन् ।

दुवै विधातर्फको सेमिफाइनलसम्म २५/२५ जना छनौट गरि फाइलनमा १०/१० जना पुग्नेछन् । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

एकल नृत्य र एकल गायन दुवै विधाका विजेताले नगर र ट्रफि प्राप्त गर्नेछन् । अन्य उपबिजेता हुने ९ जना प्रतियोगिले ट्रफि तथा पुरस्कार पाउने अध्यक्ष राईले बताए ।

उक्त प्रतियोगिताको फाइनल विराटनगर साउन २४ गते हुनेछ । एकल नृत्यतर्फको प्राविधिक संयोजकमा निश्चल मगर रहेका छन् भने गायनतर्फको प्राविधिक संयोजकमा सुमन श्रेष्ठ छन् ।


  •  
  •  
  •