प्याब्सनका केन्न्द्रिय सदस्यकै स्कुल दर्ता बिना सञ्चालन

380
  •  
  •  
  •  

 चन्द्रकान्त खनाल
रुपन्देही, १८ असार (ओएनएस) । रुपन्दहीको एक निजी विद्यालयमा पढेका विद्याथीको अर्काे विद्यालयबाट भर्ना फाराम भरी परीक्षा दिएको रहस्य खुलेको छ । जिल्लाको लुम्विनी क्षेत्रको पर्सा चौराहामा संचालित गार्नेट ईडग्लिस बोर्डिग स्कूलमा कक्षा ८ मा अध्ययनरत १३ विद्यार्थीले जिल्लाकै सूर्यपुरामा संचालित सिद्धाथ प्रतिभा ईड.लिस बोर्डिग स्कूलबाट परीक्षामा सहभागी भएका छन् ।

विस २०७० सालको चैत महिनामा लिइएको कक्षा ८ को जिल्ला स्तरीय परीक्षामा गार्नेटमा पढेका ती विद्यार्थीलाई सिद्धार्थको फाराम भराई परीक्षामा सहभागी गराईएको थियो । परीक्षामा सहभागी विद्यार्थीले गार्नेटमा पढेको विषय भन्दा फरक विषयको प्रश्नपत्र आएपछि उतरपुस्तिकामा नाम मात्र लेखेर विद्यार्थीले परीक्षा वहिष्कार गरेका थियो । परीक्षा वहिष्कार गरेका ती १३ जना विद्यार्थीलाई यही असार १३ गते शुक्रवार पुन परीक्षा लिएपछि रहस्य सार्वजनिक भएको छ ।

२०७० सालमा दिनु पर्ने स्वास्थ्य तथा शारिरीक विषयको परीक्षा विद्यार्थीले गतशुक्रवार मात्र दिएका हुन । गार्नेट स्कूलले जिल्ला शिक्षा कार्यालयवाट कक्षा ७ सम्मको अनुमती लिएको छ तर १० कक्षा सम्म संचालन गरेकोले अक्कैविद्यालयवाट विद्यार्थीको परीक्षा फाराम भराई परीक्षामा सहभागी गराएको थप रहस्य खुलेको हो ।

यसै शैक्षिक शत्रवाट कक्षा ८ को अनुमती पाएको गार्नेटले अहिले पनि कक्षा १० सम्म पढाईरहेको छ । सिद्धार्थवाट कक्षा ८ को परीक्षामा सहभागी १३ जना विद्यार्थीले अहिले पनि गार्नेटमा पढिरहेको सद्धिार्थका संचालक राजु लोधले बताए । परीक्षा फाराम सिद्धार्थवाट भरिएको र पढाई गार्नेटमै भएको सिद्धार्थका संचालक लोधले बताए । यस सम्बधमा जिल्ला शिक्षा कार्यालय रुपन्दहीका परीक्षा शाखाका प्रमुख टिकाराम अर्यालले सिद्धार्थवाट परीक्षा फाराम भरेकाले ती विद्यार्थीलाई परीक्षावाट बञ्चित गराउन हुँदैन भनी पुनः परीक्षा दिलाएको जानकारी दिए । ‘हामीलाई विद्यार्थी कस्का हुन्भन्दा पनि जुन विद्यालयवाट परीक्षा फाराम भरेका हुन् त्यही विद्यालयका विद्यार्थी हुन भन्ने रेकर्ड कार्यालयमा हुन्छ ।’ शिक्षा कार्यालयको अभिलेखमा गार्नेट बोर्डिङले विसं २०७० सम्ममा ७ कक्षा सम्मको अनुमती पाएको छ । तर कक्षा १० सम्म पढाउदै पनि आएको छ ।

निजी तथा आवासीय विद्यालय अग्रनाईजेसन प्याब्सनका केन्न्द्रिय सदस्य समेत रहेका विष्णु पन्थीले सञ्चालन गरेको उतm स्कूलले विद्यार्थी र अभिभावकको जीवनमामाथि खेलवाड गरेको विद्यार्थीको आरोप छ । सो सम्बधमा सञ्चालक पन्थीले सिद्धार्थ प्रतिभा स्कुल खरिद गरीसकेको र कम्पनी रजिस्टारको कार्यालयबाट स्वीकृतका लागि प्रक्रिया चलि रहेको जानकारी दिए ।


  •  
  •  
  •