पवित्राले नचाइन कोमललाई

379
  •  
  •  
  •  

काठमाडौ, २० असार (ओएनएस) । गायिका कोमल वली तिजको गीतमा खुलेर नाचेकीछन् । प्रत्येक बर्ष तिजमा नयाँ कोशेली पस्किने उनलाई बानी परेको छ । यसपटकको कोशेली मार्फत उनी भन्दैछिन्, ‘हल्ला भो शिवजी तिम्रो मेरो पिरीमको ।’
यसपटकको गीतमा वलीलाई पवित्रा आचार्यले नचाएकी छन् । ‘राजनीति’ फिल्ममा सँगै काम गरेपछि उनीहरु विच बढेको निकटताले व्यसायिक सम्बन्ध गास्ने संयोग जुराइदियो । पवित्रा भन्छिन्,‘डान्सिङ शैलीमा गीत बनेको छ । ’ मैले पनि दिदिबहिनीलाई नचाउने तयारी मेहनतका साथ गरेको छु ।’ पहिलो पटक नृत्य निर्देशन गरेकी उनलाई दर्शकले मननपराउने हो कि भन्ने डर पनि छ ।

परम्परागत शैलीलाई पछाडि पार्दै यसपटक भने कोमल वलीको गितमा नयाँ खालको् नृत्य हेर्न पाउने दाबि गर्दै आचार्य थप्छिन् ‘डान्स शिक्षक भएका कारण नृत्यको ज्ञान त पहिल्यै थियो । नयाँ कामको सुरुवात कोमल दिदिको सहयोगमा गर्न पाएकोमा खुसी छु ।’

कहिले ‘पोइला जान पाम’ त कहिले ‘पतिदेवका लागि’ भन्दै सम्झिने उनीले ‘बदमास शिवजी’ भन्दै शिवलाई हकार्न समेत भ्याइसकेकीछन् । यसवर्षको तीजमा वलीलाई शिवजीसँग माया लाउने इच्छा छ । ‘विशुद्ध धार्मिक माया लाउने जर्मको गर्दै छु’, भन्दै उनले थपिन, ‘तीजको गीत भन्ने बित्तिकै दिदिबहिनीले मलाई सम्झिनुहुन्छ । उहाँहरुलाई निराश पार्दा भगवान पनि रिसाउने डरले गीत गाए ।’ ‘पोइला जान पाम’ लेखेका दण्डपानीले यसपाली पनि वलीका लागि गीत तयार पारेकाहुन् ।

कसरी नाचिन् कोमल वली हेनुर्स तस्विरमा  । Photo by – Pabitra Acharya

komal 1 komal 3 komal 4 komal 5 komal 6 komal 7 komal 8


  •  
  •  
  •