‘प्याब्सन’को नयाँ नेतृत्वका लागि सहमति

384
  •  
  •  
  •  

काठमाडौं, २९ फागुन(ओएनएस) : नीजी तथा आवासीय विद्यालय संगठन ‘प्याब्सन’को १४ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति भएको छ ।

नेतृत्वका लागि टीकाराम पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरुको पहलमा सहमति भएको हो ।

पूर्वअध्यक्ष उमेश श्रेष्ठको प्रस्तावमा पुरीलाई अध्यक्ष र ढुंगानालाई सहअध्यक्ष हुने गरी समझदारी भएको र सो विषयलाई आज अनुमोदन गर्ने तयारी छ । विधानमा नभएको सहअध्यक्ष र केही पद थपघट गरेर मिलाउने तयारी गरिएको छ ।

सहमति पारित भएमा वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ र महासचिवमा कुमार घिमिरे निर्वाचित हुनेछन । कूल दुई हजार ४ सय ३८ प्रतिनिधि सहभागी सम्मेलनको निर्वाचन कार्यक्रम आजका लागि तय गरिएको थियो ।


  •  
  •  
  •