प्रदेश ७ : मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

364
  •  
  •  
  •  

काठमाडौं, २२ फागुन (अाेएनएस) :प्रदेश नम्मर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले दुर्इ तिहार्इ भन्दा बढी मंगलबार विश्वासको मत पाएका छन्।
निर्वाचन प्रक्रियाद्वारा मुख्यमन्त्री भट्टको पक्षमा ३८ जनाले समर्थन गरेका थिए। उपस्थित ४८ मध्ये भने १० जनाले विपक्षमा मतदान गरेका थिए। ४ जना भने अनुपस्थित थिए। अनुपस्थित सबै कांग्रेसका हुन्।

भट्टलाई पक्षमा नेकपा एमाले र माओवादी केन्द्रले समर्थन गरेका थिए। कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदले विपक्षमा मत दिएका थिए।

भट्टका प्रस्तावक माओवादी केन्द्रका सांसद वीरमान चौधरी र समर्थक नेकपा एमालेका सांसद तारा लामा तामाङ थिए।


  •  
  •  
  •