प्रदेश नम्बर ४ का मुख्यमन्त्री गुरुङले पाए विश्वासको मत

266
  •  
  •  
  •  

काठमाडौं, २५ फागुन (ओएनएस) : प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाएका छन्। शुक्रबार बसेको प्रदेशसभा बैठकमा उनकाे पक्षमा ४१ मत  र बिपक्षमा १७ मत खसेको थियो ।

बिपक्षमा कांग्रेसका १५ र नयाँशक्तिका २ जना गरी १७ जना सांसदले मतदान गरेका थिए। मुख्यमन्त्री गुरुङ दुईतिहाई मत प्राप्त गरेका छन्। उनलाई एमालेका २७, माओवादीका १२ र जनमोर्चाका ३ सांसदले मत दिएका थिए।

६० जना सांसद रहेको प्रदेश नम्बर ४ मा मनाङबाट निर्वाचित राजिव गुरुङ (दिपक मानाङ्गे) र सभामुख नेत्रनाथ अधिकारीले मत दिएनन्।


  •  
  •  
  •