प्रदेश १ : प्रदेशसभा बैठक आज बस्दै, आर्थिक कार्यविधि पास गर्ने

268
  •  
  •  
  •  

काठमाडौं, १९ चैत (ओएनएस) : प्रदेश नम्बर एककाे प्रदेश सभाकाे बैठक आज बस्दैछ। १४ गतेको संसदमा पेस भएको आर्थिक कार्यविधि आज पास हुने प्रदेश कार्यालयकाे सचिवालयले जनाएकाे छ ।

संशोधन दर्ताका लागि तोकिएको ७२ घण्टामा कुनै संशोधन नपरेपछि प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पास हुने निश्चित भएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले गत चैत १४ गते सरकारको तर्फबाट संसद बैठकमा उक्त विधेयक पेस गरेका थिए ।

प्रदेशसभा सचिवालयका सचिव केदारप्रसाद पनेरुले विधेयक संशोधनको लागि कुनै पनि संशोधन प्रस्ताव नपरेको जानकारी दिए ।


  •  
  •  
  •