नदी खुलाउने सेनाको प्रयास सफल भएन

348
  •  
  •  
  •  

काठमाडौं, १७ साउन (ओएनएस) :  सिन्धुपाल्चोको जुरेमा पहिरो जाँदा थुनिएको सुनकोसी नदी खुलाउन सेनाले बम विस्फोट गराए पनि त्यसले सफलता पाउन सकेको छैन । सेनाले हेलिकोप्टरबाट दुई पटक बम विस्फोट गराएको थियो । तर, विस्फोटले पनि पहिरोले बनेको अस्थायी बाँध फुटेको छैन । हाल ओभर फ्लो भएर पानी बग्न थालेको जनाइएको छ । अहिले करिब २ मिटर पानीको सतह घटेको अनुमान छ ।

sunkoshi flood
सुनकोशी पुर्ने गरी फुटेको पहाड

तल्लो तटमा पानीको बहाब बढेपछि उद्धार कार्यसमेत रोकिएको घटनास्थलबाट हाम्रा सहकर्मी अशोक केडीले जानकारी दिएका छन् । शनिबार बिहानैबाट पहिरोले थुनिएको सिन्धुपाल्चोकको मांगास्थित सुनकोसी नदी विस्तारै खुल्न सुरु गरेको छ । नदीले पहिरोबाट बनेको बाँधलाई विस्तारै कटान गरिरहेको छ ।  तल्लो तटमा पानीको बहाब बढेपछि छेउछाउका वस्तीका मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।


  •  
  •  
  •