राजधानी छाड्न ४ दिन मै ५ लाखले टिकट काटे, टुलमा बसाए कारबाही हुने

55
  •  
  •  
  •  

काठमाडौं, ९ असोज :

दसैं मनाउनका लागि २० लाखभन्दा बढी सर्वसाधारण काठमाडौं उपत्यकाबाट बाहिरिने भएका छन् । सार्वजनिक सवारीसाधनको टिकट बिक्रीको आधारमा सो तथ्यांक आएको हो ।

अहिलेसम्म करिब १२ लाख सर्वसाधारण उपत्यकाबाट बाहिर गइसकेको विवरण प्राप्त भएको यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालले जानकारी दिए । यस्तै, करिब ५ लाखले टिकट बुकिङ गरेको र अरनिको यातायातमा टिकट काट्नेको विवरण प्राप्त नभएको एवं निजी तथा साना गाडीबाट जाने यात्रुको समेत संख्या जोड्दा २० लाखभन्दा बढी हुने दाहालले बताएको राजधानीमा खबर छ ।

त्यस्तै टिकट बुकिङ खुल्ला हुनुअघि नै टिकट बिक्री गर्ने १२ बस व्यवसायीमाथि विभागले कारबाही गरेको छ ।

 


  •  
  •  
  •