ओस्कार कलेज र भारतीय फिल्म कलेजबीच सहकार्य गरिने

87
  •  
  •  
  •  

काठमाडौं । ओस्कार कलेज र भारतीय फिल्म कलेजबीच पठन–पाठनमा सहकार्य हुने भएको छ ।

लामो समयदेखि फिल्म सम्बन्धि विभिन्न विधामा अध्यापन गराउँदै आएको ओस्कार कलेजले भारतको ‘सत्यजित रे फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट’, ‘फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट’ र ‘नेसनल स्कुल अफ ड्रामा’ का डिन तथा पदाधिकारीलाई भेट्दै औपचारिक रुपमा सम्झौता गरेको हो ।

ओस्कार कलेजको तर्फबाट एकेडेमीक निर्देशक मनोज बाबु पन्त, एकेडेमीक कोअर्डिनेटर नव विजय श्रेष्ठ र साउन्ड फ्याकल्टीका आलोक तिवारीले तीनै संस्थाका पदाधिकारीसँग भेट गरेका थिए ।
एकेडेमीक निर्देशक मनोज बाबु पन्तले भ्रमणको क्रममा एकेडेमीक कोर्स डिजाइन गर्नेदेखि फ्याकल्टी आदान–प्रदान गर्नेसम्म महत्वपूर्ण सम्झौताहरु भएको जानकारी गराए ।

सम्झौताले दीर्घकालीन फाइदा हुने उनको अपेक्षा छ ।  सो भ्रमणमा आगामी दिनमा कलेजका विद्यार्थीलाई वार्षिक प्रशिक्षणसँगै कार्यशालाका लागि उनीहरुले श्रोत व्यक्ति उपलब्ध गराउनेसँगै विद्यार्थीहरुले बनाएका फिल्म पनि एक अर्काको देशमा देखाइने सम्झौता भएको छ । पुनामा रहेको ‘फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट’ र दिल्लीमा अवस्थित ‘नेसनल स्कुल अफ ड्रामा’ सरकारी कलेज हुन् ।

एकेडेमीक को–अर्डिनेटर नव विजय श्रेष्ठले आगामी दिनमा निर्देशन, स्क्रिप्ट, सम्पादन, साउन्ड डिजाइन, अभिनय र छायांकनमा विधामा शिक्षक साटासाट गर्ने सम्झौता भएको बताए ।


  •  
  •  
  •