ओशोका ७ सय पुस्तकको प्रदर्शनी (फोटोफिचर)

781
  •  
  •  
  •  

काठमाडौं, ६ चैत (ओएनएस) : ओशो तपोवन स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा रजत जयन्ती महोत्सव भैरहेको छ । महोत्सवका अवसरमा काठमाडौंको कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानको भवनमा ओशो साहित्य प्रदर्शनी भैरहेको छ । ओशोले दिएका प्रवचनबाट ७ सय पुस्तक तयार भएको र ती पुस्तकलाई प्रदर्शनीमा राखिएको ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले बताए ।

ओशोका १० हजार प्रवचन रेकर्ड भएकोमा अहिलेसम्म जम्मा ७ सय पुस्तक तयार भएको उनको भनाइ छ । प्रदर्शनीका क्रममा ओशोका पुस्तक साथै ओशो तपोवनबाट प्रकाशित पुस्तकहरु विशेष छुटमा बिक्री भैरहेका छन् । साहित्य प्रदर्शनी प्रज्ञा भवनमा शुक्रबार साँझसम्म (आजसम्म) जारी रहने ओशो तपोवनले जनाएको छ ।

रजत जयन्तीका अवसरमा ओशो तपोवनले विशेष रुपमा चारवटा पुस्तक तयार पारेको छ । ती पुस्तकहरु सफल भएको ठान्ने तथा केहि दिनमैं सफल हुन्छु भन्ने अहंकार राखेका मान्छेहरुलाई लक्षित गरी तयार पारिएको छ । हरेक वर्ष ओशोका १५ लाख पुस्तकहरु बिक्री हुने गरेको बताइन्छ ।

बुधबारबाट सुरु भएको प्रदर्शनीमा ओशोका पुस्तकप्रेमीहरुको भिड लागेको छ । कमलादीमा पुगेर सहकर्मी विनोद शर्माले संकलन गरेका केहि तस्विरहरु : Osho Literary Festival  (1)

Osho Literary Festival  (4)
Osho Literary Festival  (5) Osho Literary Festival  (7) Osho Literary Festival  (8) Osho Literary Festival  (9) Osho Literary Festival  (10)

Osho Literary Festival  (3) Osho Literary Festival  (2)


  •  
  •  
  •