चन्द्रकान्त खनाल
रुपन्देही , २५ कात्तिक (ओएनएस) :विषादी प्रयोग भएका तरकारी र फलफूलले वाक्क भएका बुटवलका बासिन्दाहरुलाई पैचो पसलले स्वाद नै फेरिदिएको छ ।
करिब ३ करोड लगानीको पैचो पसलले पहाडी जिल्लामा उत्पादित फलफूल र तरकारी बुटवलमै उपलब्ध गराइदिए पछि उपभोक्ताको स्वाद फेरिएको हो ।हिजो आज पहाडमा उत्पादन भएको त्यसमा पनि अर्गानिक तरकारी र फलफूल बुटवलमा पाइन थालेपछि यहाँका उपभोक्ता बिहानैदेखि नै पैचो पसलमा झुम्मिन थालेका छन् ।
धेरै जसो भारतिय तरकारी र फलफूलमा निर्भर रहेको बुटवलको बजारमा पैचो पसलले पहाडमा उत्पादित फलफूल र तरकारी विक्रि गर्न थालेपछि सवै पहाडी उत्पादनको स्वाद लिनका लागि पसल आउने गरेका छन । बुटवलको सुख्खानगरमा पैचो पसलले पहाडी जिल्लाबाट ल्याएको फलफूल तथा तरकारीकोविक्रि थालेको छ । हाट बजारहरुमा भन्दा पनि सस्तो सामान उपलब्ध हुनु र पहाडमा उत्पादित भएकाले स्वाद पनि मिठो हुने गरेकाले पैचो पसल नै रोज्ने गरेको उपभोक्ताहरु बताउँछन ।
भदौ महिनामा बुटवलमा पैचो पसलले पहाडी उत्पादनहरुको विक्रि थालेको हो । पैंचो पसलले पहाडी क्षेत्रमा उत्पादीत फलफुल तथा तरकारी बुटवलबाट बिक्रि बितरण सुरु गरेपछि उपभोक्ताहरुले स्वदेशमै उत्पादीत त्यसमा पनि अर्गानिक फलफुल र तरकारी खानपाएपछि हर्षित छन ।
पसलमा हाल गुल्मी तथा पाल्पामा उत्पादीत फलफुल र तरकारी आउन थालेको छ । तरकारी किन्न पैचो पसल पुगेकि बुटवल मिलनचौककि गृहणि भागीरथी शर्माले भारतीय तरकारी भन्दा पहाडको तरकारी रसिलो हुने बताईन् । विषादी प्रयोग पनि नभएका र अर्गानिक तरकारी तथा फलफूल पैचो पसलमा पाउदा स्वाद नै वेग्लैहुने गरेको उनको अनुभव छ । सामन्यतया बुटवलका बजारमा त्यति नपाइने रानी गिठापनि पैचो पसलले राखेको छ ।
खरानी पानीमा उमालेर गिठा खांदा शरिरको रोग ब्याध हट्ने बुटवलकै अर्का उपभोक्ता गूरुदत्त पाण्डेले बताए । गिठा र भ्याकुर पनि उपभोक्ताको रोजाईमा परेको पसलका कर्मचारीहरु बताउछन । फलफुलतरकारी संगै पैचो पसलले प्रशोधन गरेको चुक अमिलो , मकैको आंटो ,बेसार र अदुवाको धुलोपनि केहि महिनामा उपलब्ध हुने पसलका प्रबन्ध निर्देशकध्रुव न्यौपानेले जानकारी दिए ।
पैचोले गुल्मीको बलेटक्सार र दिगाम तथा पाल्पाको अर्गलीमा बिक्रि कक्ष साथै कृषि उत्पादन संकलन कक्ष सञ्चालनमा ल्याईसकेको छ । हाल दैनिक २ देखि ३लाख सम्मको विक्रि हुने गरेको पसलका सञ्चालकहरुले बताएका छन । अर्गानिक उत्पादन बढाउन पैचो पसलले पहाडीजिल्लाका ग्रामीण क्षेत्रका किसानहरुलाई आधुनिक तालिम दिने देखि विभिन्नप्रबिधीहरु उपलब्ध गराएको पैचो पसलका सञ्चालक शरण कर्मचार्यले बताए ।