रुपन्देही, १९ माघ (ओएनएस) : रोजगारीको लागि युवाहरु विदेश पलायन क्रम तीब्र रुपमा बढिरहेको बेला रुपन्देहीका युवाहरुले भने अर्गानिक खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । अर्गानिक खेतीमा होमिएका ती युवाहरु मध्ये कोहि विदेशबाट फर्किएका छन् भने कोहिलाई विदेश जाने कुनै चाहाना छैन । स्वदेशमा व्यवसायीक खेतीबाट करोडौ आम्दानी गरेका उनीहरु अहिले जिल्लाकै नमुना कृषक बनेका छन् ।
रुपन्देहीको देवदह नगरपालिका–१० भलुहिका अमर लामिछाने र छेत्रबहादुर क्षेत्रीले संयुक्त रुपमा अर्गानिक खेती गरिहेका छन् । कहिलैपनि विदेश नजाने बाचा गरेका लामिछाने र कतारमा ६ बर्षसम्म पसिना बगाएर नेपाल फर्किएका क्षेत्रीले लिजमा जग्गा लिएर संयुक्त रुपमा अर्गानिक तरकारी खेती गरेका थिए । अहिले उनीहरुले १ विगाहा जग्गामा टमाटर, आलु, लसुन, बन्दाकोभी लगायतका विभिन्न जातका तरकारी खेती गरिरहेका छन् ।
पूर्णरुपमा अर्गानिक तरकारी उत्पादन गर्दै आएका उनीहरुलाई बजारको कुनै पनि चिन्ता छैन । ‘ बजारको लागि यहि भुलुहि भन्दा बाहिर जान्न’ लामिछानेले, ‘ हाम्रा अर्गानिक तरकारी यहिबाट नै तरकारी खोसाखोस हुन्छ ।’ खेत भेटिएका उनले हल्का खैरो भएको टमाटर देखाउदै भने लामिछानेले भने, ‘हेर्नुहोस् त, यो खैरो भएको टमाटर पनि खोसाखोस छ, केही समयमा नै उपभोक्ता यहि खेतमा आएर किनेर लैजानन्छन् ।’
अर्का सञ्चालल क्षेत्रीले करिव ६ बर्ष सम्म विदेशी भुमिमा पसिना बगाएर नेपालमा नै स्वदेशमा केही गर्नुपर्छ भन्ने भावनाका साथ तरकारी खेती सुरु गरिएको बताए । उनले भने, ‘यहा भन्दा पनि बढि विदेशमा कमाई होला तर स्वदेशको शुद्ध हावापानी र पूर्ण अर्गानिक तरकारी खानुको मज्जा नै बेग्लै छ ।’
करिव ३ लाख रुपैयाँ लगानीमा तरकारी खेती गरेका उनीहरुले अहिले दैनिक रुपमा १५ सय रुपैयाँ आम्दानी गर्दछन् । जिल्ला कृर्षि विकास कार्यालयबाट विउ, मलमा अनुदान पाएका उनीहरुले अबको योजना खेतीलाई अझ विस्तार गरी पूर्णरुपमा अर्गानिक तरकारी उत्पादन गर्ने योजना रहेको छ । २ वटा टनेलबाट ८ क्विन्टल टमाटार उत्पादन हुन्छ । जसबाट एक सिजनमा करिव ३० हजार रुपैयाँ आम्दानी हुने गरेको छ । उनीहरुले बर्षिक रुपमा एक विगाहा क्षेत्रफलको ४० हजार रुपैया भाडा बुझाउदै आएका छन् ।
उनीहरुजस्तै रुपन्देहीको देवदह गाविस –९ का ४४ बर्षिय तुलाराम पाण्डेले १६ बर्ष भारतमा दिल्लीमा होटलमा काम गरे । १६ बर्षपछि आफ्नै भूमिमा पसिना बगाउने सोचले फर्किएका उनले अहिले आफ्नै ५ कठ्ठामा अर्गानिक खेती गर्र्दै आएका छन् । अहिले उनको खेतमा टमाटर, सिमी, आलु लगायतका तरकारीहरु लटरम्म फलेका छन् ।
एक बर्षमा करिव ३० देखि ४० हजार रुपैयाँ लगानी गरेका उनले २ देखि साढे दुई लाख रुपैयाँ आम्दानी गर्दछन् । खर्च कटाएर करिव १ देखि साढे लाख सम्मको आम्दानी गर्ने गरेको उनले बताए । पाण्डेले भने, ‘सधैभरी अर्काको देशमा के गुलाम बन्ने, आफ्नै देशमा केही गरौ भनेर यो खेतीको सुरुवात गरेको हुँ ।’ उनले तरकारीको बजार प्रर्वद्धनको लागि कुनै समस्या नभएको भन्दै भने, ‘घरबाट नै व्यवसायीहरुले लैजाने गरेका छन् ।’ सरकारी निकायबाट विउ विजनको लागि अनुदान पाएको उनको भनाई रहेको छ । तरकारीमा रोग किरा लाग्ने गरेको कारण अर्गानिक विषादीको अभाव भएकोले धेरै पटक परिश्रम खेर गएको उनले बताए ।
रुपन्देहीको अर्गानिक तरकारी खेतीको लागि पकेट एरियाको रुपमा रहेको देवदह गाविस ९ को सरङ्गटारीका किसानले ४० हेक्टर क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् । बर्षातको क्षेत्रमा धान खेती गने किसानहरुले हिउँदको समयमा सबैले तरकारी खेती गर्दैै आएका छन् । सरङ्गकाली कृषि सहकारी संस्था समेत गठन गरि त्यहाँका कृषकहरुले रुपन्देहीमै नमुना अर्गानिक खेती गरिरहेका छन् ।
संस्थाका अध्यक्ष मान बहादुर गाहाले ८४ घर सहकारीमा आवद्ध भएको जानकारी दिए । उनले पकेट एरियामा ५० घरधुरी रहेको र सबै किसानहरुले अर्गानिक खेती गरेको जानकारी दिए । ५८ जना कृषकहरु सहकारीमा आवद्व भएको जानकारी दिदै अध्यक्ष मान बहादुर गाहाले भने, ‘हामीले तरकारी बेच्नको लागि बजार नै जानुपर्दैन, यहिबाट नै किसानहरुले लैजाने गर्दछन् ।’
उक्त स्थानमा बुटवलबाट व्यवसायीहरु गएर किसानको घरघरबाट नै तरकारी उठाउने गरेको छन् । पानीको सुविधा भएकोले कारण त्यहाँका किसानहरुले २०६४ सालमा कृषि समूह स्थपना गरि २०६५ सालमा दर्ताभएको हो । त्यसयता, पूर्णरुपमा अर्गानिक खेती सुरु गरिएको किसानहरु बताउछन् । हिउदको समयमा पानीको मात्रा कमी हुने गरेको कारणले केही समस्या हुने गरेको किसानको गुनासो रहेको छ ।
यसको साथै अर्गानिक विषादीको पनि अभाव रहेको बताए । असुरो, निम, बकाईनो जस्ता अर्गानिक विसादी प्रयोग गर्नको लागि प्रयोग हुने कच्चा पर्दाथको अभाव भएको उनको भनाई रहेको छ । किसानहरुले आफ्नो आफ्नो जग्गाको स्थानमा करिव १० हजार देखि ४० हजार रुपैया सम्म खर्च गरी सिंचाहीको लागि कुलो समेत निर्माण गरेका छन् ।
बार्षिक रुपमा किसानहरुले करिव १ करोड १६ लाख रुपैया जतीको तरकारी विक्री गर्ने गरेका छन् । यो ६ महिनाको अवधिमा मात्र हो । किसानहरुले सिमी, तरुल, विडालु, गोभि, लसुन, प्याज, साग लगायतका सम्पूर्ण तरकारी को खेती गर्ने गरेका छन् । किसानहरुले यसको लागि आफ्नो एरिया अनुसारको लगानी गर्ने गरेका छन् ।
त्यसै स्थानमा अर्गानिक खेती गर्दै आएका ७६ बर्षीय दलबहादुर रेस्मीमगर भन्छन्, ‘विषादी हाल्नु हुँदैन, लामो समय बचाउनको विषादी नभएको तरकारी खानुपर्छ ।’ जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले सरङ्गटारी मा ५० हेक्टर करिव ७५ विगाहा क्षेत्रफलमा अर्गानिक तरकारी खेती गरिएको जानकारी दिदै यस स्थानले अर्गानीक खेतीमा पहिचान समेत बनाएको जानकारी दिए ।