महराको नेतृत्वमा संगठन विभाग गठन हुने

262
  •  
  •  
  •  

काठमाडौँ, ६ चैत(ओएनएस) : एमाओवादी महासचिव कृष्णबहादुर महराको नेतृत्वमा संगठन विभाग बनाउने भएको छ ।

शनिबार बसेको पार्टी स्थायी समितिको बैठकले प्रदेश इन्चार्जहरू रहने गरी संगऔन विभाग बनाउने निर्णय गरेको हो । यस्तै, बैठकले पार्टीका सचिव वर्षमान पुन अन्नतको नेतृत्वमा विधान संशोधनसम्बन्धि कार्यदल बनाउने निर्णय समेत गरेको छ ।

बैठको यी दुवै निर्णय पार्टीको केन्द्रीय समितिमा पेश गरिनेछ । केन्द्रीय समितिको बैठक पनि आज नै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ ।


  •  
  •  
  •