पर्वतमा ३५ हेक्टरमा सुन्तला बगैँचा

182
  •  
  •  
  •  

काठमाडौं ११, कात्तिक(ओएनएस) : जिल्ला कृषि विकास कार्यालय पर्वतले सुन्तला बगैंचा सुधार कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिएको छ ।

गत वर्षदेखि सुरु गरेको सो कार्यक्रम  जिल्लामा सुन्तलाको व्यवसायिक खेती हुँदै आइरहेको बाँसखर्क, देउपुर, बाजुङ, कुर्घा, पाङराङ, त्रिवेणी, माझफाँट, हुवासलगायतका  किसानहरुलाई थप व्यवसायिक बनाउनका लागि सञ्चालन गर्न लागिएको हो । यो वर्ष ३५ हेक्टर जमिनमा सुन्तला बगैंचा सुधार कार्यक्रम सञ्चालन गर्न लागेको बताइएको छ ।

गतवर्ष सञ्चालित कार्यक्रम प्रभावकारी  भएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । बरिष्ठ कृषि विकास अधिकृत बासुदेब रेग्मीले गतवर्ष गरिएको बगैंचा सुधारपछि आएको सकारात्मक परिवर्तनका कारण यो वर्ष थप ३५ हेक्टरमा सुन्तला बगैंचा सुधार कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए ।

कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म ६ सय ९५ हेक्टर क्षेत्रफल जमिनमा सुन्तलाको खेती हुँदै आइरहेको छ ।

तीन हजार हेक्टर जमिनमा सुन्तला खेतीको सम्भावना रहेर पनि बाँकी जमिनमा सिंचाईको समस्या, भौगोलिक कठिनाई लगायतका कारण व्यवसायिक खेती हुन नसकेको बागबानी विकास अधिकृत अजय अधिकारीले जानकारी दिए ।


  •  
  •  
  •