एमाओवादी नेतृत्वको विपक्षी मोर्चा सहमतिका लागि हदैसम्मको लचिलो हुने

190
  •  
  •  
  •  

काठमाडौँ, ५ पुस (ओएनएस) एमाओवादी नेतृत्वको विपक्षी दलहरुको सङ्घीय लोकतान्त्रिक गठबन्धनले माघ ८ भित्रै संविधान ल्याउनका लागि सत्तारुढ दलसँग हदैसम्मको चलकता अपनाउने निर्णय गरेको छ ।

एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बिहान बसेको गठबन्धनको बैठकले संविधानका विवादित विषयमा लचकताका साथ सहमति खोज्ने र त्यो नभए अन्य विकल्प रोज्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी नेपाल सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधानका विवादित विषयमा सत्तारुढ दलले पनि सकारात्मक छलफल अघि बढाएकाले सहमतिका लागि अन्तिम प्रयास गर्ने र नभए अन्य विकल्पमा जाने निर्णय भएको जानकारी दिनुभयो ।
उहाँले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा सत्तारुढ नेपाली काँग्रेस र नेकपा (एमाले) ले पेस गरेको प्रस्तावबारे सहमति जुटाउन पहल गर्ने र त्यसमा सहमति नभए सङ्घर्षमा जानेबारे छलफल भएको उल्लेख गर्नु्भयो ।


  •  
  •  
  •