आइतबारको संविधानसभा अवरोध गर्ने विपक्षीको निर्णय

82
  •  
  •  
  •  

30 dalकाठमाडौ, १० माघ(ओएनएस) : एमाओवादी, मधेसी र जनजाति सहितको विपक्षी मोर्चाले सत्तापक्षका दलहरू वार्ताका माध्मयबाट विवादको अन्त्य गर्न तयार नभएको भन्दै आइतबार हुने संविधानसभाको बैठकमा पनि अवरोध गर्ने निर्णय गरेको छ ।

शनिबार बिहान विपक्षी मोर्चा भित्रको प्रमुख ७ दल आवद्ध संघीय गणतान्त्रिक मोर्चाको बैठकले सत्तारूढ दलले वार्ता र संवाद प्रक्रियामा नजाने निर्णय गरेपछि आफूहरूसँग संविधानसभा अवरोध गर्नुको विकल्प नभएको भन्दै संविधानसभाको बैटक अवरोध गर्ने निर्णय गरेका छन् ।

बैठकले दुई तिहाई बहुमत देखाएर संविधान ल्याउने प्रयत्न गरिए त्यसको प्रतिवाद गर्ने निर्णय गरेको छ । बहुमतीय प्रक्रिया स्विकार्य नहुने बैठकको निष्कर्ष रहेको एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले बताए ।

दोस्रो संविधानसभा निर्वाचनपछि भएको चार बुँदे सहमतिलाई सत्तापक्षले उल्लघंन गरेको तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादबले बताए । अंकगणितका आधारमा संविधानलाई प्रक्रियामा लान खोजिएको त्यसको सशक्त बिरोध गरिने उनले जनाए । ‘वार्ता, संसद र संविधानसभाबाट बहुमतीय प्रक्रियाको बिरोध गर्छौ,’ उनले बैठकको निष्कर्ष सुनाउँदै उनले भने-‘सभाध्यक्ष आफैले प्रक्रिया बढाउने खोजे, त्यो मान्य हुनेछैन ।’ उनले प्रस्ताव पेस गर्नु सभामुखको जिम्मेवारी भित्रको विषय नभएको बताए । उनले सत्तापक्षबाट वार्ता प्रक्रिया अवरोध भएको भन्दै आफूहरु संवादको पक्षमा रहेको जनाए ।


  •  
  •  
  •