सहमति नभएसम्म संविधानसभा अवरोध गरिरहन्छौ : विपक्षी मोर्चा

110
  •  
  •  
  •  

30 dalकाठमाडौ, ९ माघ(ओएनएस) : एमाओवादीको नेतृत्वको विपक्षी मोर्चाले संविधानसभा अवरोधको श्रृंखलालाई निरन्तरता दिने निर्णय गरेको छ ।

आज बिहान मोर्चाको सिंहदरबारमा बसेको बैठकले सहमति नहुँदासम्म संविधानसभाको बैठक अवरोध गर्ने निर्यण गरेको हो । मोर्चाले सहमति कायम गर्नुपर्ने र संविधान निर्माणको लागि नयाँ कार्यतालिका बनाउनुपर्ने माग गरेको छ ।

प्रक्रियामार्फत संविधान निर्माण गर्ने सत्तारूढ दलको निर्णयमाथी असहमति जनाउँदै एमाओवादी नेतृत्वको मोर्चाका सभासद्हरूले संविधानसभा अवरोध गर्दै आएका थिए । बिहिबार संविधान जारी गर्ने अन्तिम दिन पनि सभासद्हरूको अवरोधका कारण संविधानसभाको बैठक स्थगित गरिएको थियो ।


  •  
  •  
  •