सत्तापक्ष र विपक्षी आफ्नै रणनीतिमा

90
  •  
  •  
  •  

काठमाडौ, १६ चैत(ओएनएस) : सभाध्यक्ष सुवास नेम्वाङले आगामी चैत २३ गते १ बजेको लागि संविधानसभा बैठक डाकेको केहि बेरमै एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले उक्त बैकठमा नजाने निर्णय गरेको छ ।

आइतबार साँझ सभाध्यक्ष नेम्वाङले मिति तोक्दा संहदरबारमा जारी रहेको मोर्चाको बैठकले सत्तापक्षले पेलेरै जाने संकेत गरेकाले संविधानसभा बैठक बहिष्कार गरेको हो । आन्दोलनमा रहेको मोर्चाले वार्तामा सत्तारुढ दल गंभिर नभएको समेत ठहर गरेको छ । त्यसअघि आइतबार विहान एमाओवादीले सत्तारुढ नेपाली कांग्रेससँग छलफल गरेपछि ठोस निश्कर्ष निस्कन सकेको थिएन ।

मोर्चाले गृह मन्त्रालयले लाठी तथा मसाल जुलुस ननिकाल्न गरेको अनुरोधलाई अस्वीकार गर्दै आइतबार देशभरि लाठी जुलुस प्रदर्शन गरेको छ भने सोमबार सरकारी कार्यालय घेराउ गर्ने कार्यक्रम छ । दलहरुबीच विवाद बढ्दै गएपछि विगत दुई महिना यता संविधान निर्माण प्रक्रिया अबरुद्ध छ ।

सत्तारुढ कांग्रेस र एमाले संविधानको विवादित विषयमा सहमति हुन नसके प्रक्रियाबाट संविधान निर्माण प्रक्रिया अघि बढाउनु पर्ने अडानमा छन् भने विपक्षी मोर्चा सहमतिबाटै संविधान लेख्नु पर्ने भन्दै आन्दोलनमा छ । दलहरुबीच राज्य पुनर्सरचना शासकीय स्वरुप लगायतका विषयमा विवाद छ ।


  •  
  •  
  •