खुला विश्वविद्यालय स्थापना गर्न सम्झौता

631
  •  
  •  
  •  

काठमाडौं, २७ जेठ (ओएनएस) । गैरआवसीय नेपालीको लगानीमा नेपालमा खुला विश्वविद्यालय स्थापना हुने भएको छ । विश्वविद्यालय सथापना गर्ने सम्बन्धमा मंगलबार शिक्षामन्त्रालय र गैरआवसीय नेपाली संघ (एनआरएन)बीच सम्झौता भएको छ ।

सम्झौतामा यसअघि सन् २०१० मा काठमाडौंमा र २०१२ मा सिड्नीमा भएका पूर्व समझदारीहरुलाई कार्यान्वयनमा ल्याउन पहल गर्ने उल्ल्ेख छ । सरकारले खुला विश्वविद्यालय स्थापना गर्न संसद्मा विधेयक दर्ता गर्ने तयारी गरिरहेका बेला भएको यो सम्झौतले विश्वविद्यालय स्थापनामा थप बल पुग्ने बताइएको छ ।

समझदारीअनुसार मन्त्री परिषदले गठन गरेको नेपाल खुला विश्वविद्ययालय पूर्वाधार विकास समिति अन्तर्गत शिक्षा मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग र गैरआवासीय नेपाली संघको सहभागितामा एक अधिकार सम्पन्न प्राविधिक एकाई खडा गरिने छ । उक्त एकाईले नेपाल सरकार, गैरआवासीय नेपालीहरु र अन्तर्राष्ट्रिय समुदयको पहललाई एकत्रित गरी खुला विश्वविद्यालयको स्थापना र कार्यक्रम सञ्चालनको कार्यलाई सहज र छरितो पारिने छ । नेपाल सरकार र गैरआवासीय नेपाली संघ दुवैले यस कार्यका लागि आ–आफ्ना तर्फवाट भौतिक र बौद्धिक लगानी गर्ने छन् । समझदारि पत्रले गैरआवासीय नेपालीहरुको ज्ञान, सिप, अन्वेषण र प्राविधिक पहुँच लाई नेपाल भित्रयाउन सहज पारेको छ ।

कार्यक्रममा शिक्षा मन्त्रालयका तर्फबाट मन्त्री चित्रलेखा यादव, सचिव विश्व प्रकाश पण्डित, प्रवक्ता महाश्रम शर्मा, महानिर्देशक डा. लवदेव अवस्थी लगायतका व्थिए भने गैरआवासीय नेपाली संघका तर्फवाट अध्यक्ष शेष घले, खुला विश्वविद्यालय कार्यदलका अध्यक्ष डा. प्रमोद ढकाल, तथा कार्यकारी निर्देशक राजेश शम्शेर राणा थिए ।

यसैबीच मंगलबारै गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको नेतृत्वमा एक प्रतिनिधि मण्डलले अर्थ मन्त्री डा. राम शरण महत लाई भेटेर खुला विश्वविद्यालय सम्बन्धि ऐनलाई संसदमा पेश गर्न अर्थ मन्त्रालयको सहमतिका लागि भेट वार्ता गर्यो । भेटमा मन्त्री महतले त्यस्तो सहमति प्रदान गरी खुला विश्वविद्यालयको स्थापनालाई सहज पार्ने प्रतिवद्धता प्रकट गरेका थिए ।


  •  
  •  
  •