ब्राजिलमा बन्दुकधारीले अन्धाधुन्ध गोली हान्दा ११ जनाको मृत्यु

340
  •  
  •  
  •  

एजेन्सी– ब्राजिलमा बन्दुकधारीले अन्धाधुन्ध गोली हान्दा कम्तीमा ११ जनाले ज्यान गुमाएका छन् ।

ब्राजिलको उत्तरी भेगमा रहेको बेलम शहर नजिकको एउटा बारमा गोली चल्दा उक्त ब्याक्तिहरुले ज्यान गुमाउनु परेको गोलीनर्दन पारा राज्यको सार्वजनिक सुरक्षा विभागकाले जनाएको छ ।

घटनामा कम्तीमा सात जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ । बन्दुकधारी सबैले अनुहार ढाकेका थिए । गोली चलाउनु पछाडिको कारणबारे भने थाहा भएको छैन । त्यसैगरी घटनामा अन्य केही मानिसहरु पनि घाइते भएका छन् ।


  •  
  •  
  •