आवासीय चिकित्सकद्वारा बहिरंग सेवा बहिष्कार

133
  •  
  •  
  •  

काठमाडौं । तीन मेडिकल कलेजका आवासीय चिकित्सकहरूले मंगलबारबाट बहिरंग सेवा ‘ओपीडी’ बहिष्कार गरेका छन् ।

२३ दिनदेखि चिकित्सा शिक्षा सुधारको मागसहित अनसनमा बसेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरूले ओपिडी सेवा बहिष्कार गरेका हुन् ।

तीन शिक्षण संस्थाका चिकित्सकले विज्ञप्ति जारी गर्दै अनसनको २२ दिन पुरा भइसक्दापनि सरकारले बेवास्ता गरेको भन्दै चरणवद्ध आन्दोलनको घोषणा समेत गरेका छन् ।

आन्दोलनका क्रममा कोरोना भाइरस संक्रमित,आकस्मिक तथा इन्डोर सेवामा भने अवरोध नगरिने विज्ञप्तिमा उल्लेख छ । आवासीय चिकित्सकले डा.केसीको जीवनरक्षाका लागि वार्ता टोली गठन गर्न माग पनि गरेका छन् ।


  •  
  •  
  •