सभाध्यक्षको कदमप्रति उपाध्यक्ष नै असन्तुष्ट

128
  •  
  •  
  •  

onsari-ghartiकाठमाडौ, १८ फागुन (ओएनएस) : संविधानसभाकी उपाध्यक्ष ओनसरी घर्तिले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले माघ ८ गतेपछि चालेको कदमप्रति आफ्नो समर्थन नभएको स्पष्ट पारेकी छिन ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले संविधानसभा अध्यक्ष र उपाध्यक्ष कुनै दल विशेषको नभई साझा बन्न सक्नुपर्ने तर्क गर्दै भनिन, ‘संविधानसभा अध्यक्ष पनि कुनै पार्टीको उम्मेदवार हो । उहाँले बाध्यतामा परेर त्यस्तो गर्नु भयो होला तर, हामी साझा बन्न सक्नुपर्छ ।’

घर्तिले अहिलेसम्म आफूले समानान्तर संविधानसभाको कल्पना नगरेको स्पष्ट पार्दै त्यस्तो स्थिति आउनु खराव भएकोले आफूले समानान्तर संविधानसभा हुने अवस्था आउन नदिन भूमिका खेल्ने बताईन ।

उनले भनिन्, ‘हामी कुनै एक कित्तामा लाग्ने कुरा खराव स्थिति हो । त्यस्तो सोच्दा पनि नसोचौ । म कुनै पनि ध्रुबमा सहभागि छैन । तटस्थ भएर भूमिका निर्वाह गरिरहेको छु । जनयूद्ध र शान्ति पूर्ण आन्दोलनमा रहेका शक्तिहरुवीच सहमति हुने अनि सानो कुरामा सहमति नहुने भन्ने कुरा आउँदैन । त्यसैले खराव अनुमान गर्नु भन्दा पनि सहमतिको लागि सबैले सहयोगी भूमिका निर्वाह गर्नु पर्छ ।’

यद्यपि उनले पेलेरै जाने स्थिति आए भने आफूले विकल्पमा सोच्ने स्पष्ट पार्दै संविधानसभा छाडेर जान अवस्था आउन दिन नहुने धारणा राखिन ।

उपाध्यक्ष घर्तिले संविधानसभामा जारी रहेको गतिरोध अन्त्यको लागि दलहरुले आ आफ्नो अडानबाट पछि हटेर संविधान दिुन पर्ने धारणा राख्दै माघ ५ गते दलहरु सहमतिको नजिकपुगेकोले त्यसलाई नै आधार बनाएर छलफल थालेसहमति बन्ने विश्वास ब्यक्त गरिन ।

दुई चार दिन भित्र सहमति गरेर संविधान दिने बातावरण बनाएर अघि बढ्नु पर्ने भन्दै संविधानसभालाई लामो समयसम्म स्थागत गरेर राख्न नहुने तर्क गरिन ।


  •  
  •  
  •