संसदकाे गतिरोध अन्त्यका लागि सभामुख सक्रिय

224
  •  
  •  
  •  

prachand–onsariकाठमाडौँ, २० पुस (ओएनएस) : सभामुख ओनसरी घर्तीले संसद सूचारुका लागि सक्रियता बढाएकी छन् ।

सभामुख घर्तीले बुधबार मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरी संसदको गतिरोध अन्त्यका लागि ध्यानाकर्षण गराइन् ।
भेटमा सभामुख घर्तीले दलहरूबीच सहमति कायम गराउन प्रधानमन्त्री प्रचण्डलाई मुख्य भूमिका निभाउन आग्रह गरेको उनका प्रेस संयोजक बबिन शर्माले जानकारी दिए ।

जवाफमा प्रम प्रचण्डले संसद बैठक खुलाउन पहल गरिरहेको बताए ।

संसदको गतिरोध अन्त्यका लागि सभामुख घर्तीले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली, नेता सुवासचन्द्र नेम्वाङ तथा कांग्रेस नेता रामचन्द्रपौडेलसँग छुट्टाछुट्टै भेट गरेकी थिइन् । संसद सूचारूका लागि दलहरूले पुस २४ गतेसम्मको समय मागेपछि सभामुख घर्तीले पनि दलका नेतासँगको छलफललाई बढाएकी हुन् ।


  •  
  •  
  •