यस्तो शहर जहाँ पुरुषलाई बस्न निषेध (फोटोफिचर)

449
  •  
  •  
  •  

गाउँमा पुरुष भन्दा महिलाको संख्या धेरै भएको सुनिएकै हो । केही ठाउँमा पुरुषहरु केटी नभएका कारणविवाह गर्न पनि पाएनन भन्ने आइरहेको हुन्छ। तर ब्राजिलको एउटा यस्तो सहर छ, जहाँ महिला सधैं सबैतिर महिला मात्रै देखिन्छन् । किनकी,यो सहर महिलाको मात्र हो । महिलाको मात्र बसोबास रहेको ब्राजिलियन सहर हो,नाइभा डो र्कोिरो । 1409126551747_wps_4_A_TOWN_consisiting_entireयस सहरमा ६ सय महिला बस्छन् र अधिकांसको उमेर २० देखि ३५ वर्षबीचको छ । सहरमा महिलाको संख्या बढाउन सहरबाहिरका अबिबाहित महिलालाई वसाइँ सरेर आउन आह्वानसमेत गरिएको छ । सहरका केही महिलाले बिहे गरी घरजम समेत बसाएका छन् । तर,घरमा लोग्ने मान्छे कोही पनि देखिँदैनन् ।

1409126398055_Image_galleryImage_A_TOWN_consisiting_entire
1409126642084_Image_galleryImage_A_TOWN_consisiting_entire

सहरबासी ४९ वर्षीया रोसाले फर्नान्डिजले भनिन्,‘श्रीमान र १८ वर्ष नाघेका छोरालाई महिलाले टिक्न दिँदैनन् । उनीहरुका लागि काम गर्न सहरबाहिर पठाइन्छ । सप्ताहन्तको एक दिन उनीहरुलाई घर आउन दिइन्छ ।’ पुरै सहरको व्यवस्थापनमा महिला खटिने गर्छन् । आफुहरुले राम्रो व्यवस्थापकीय क्षमता प्रदर्शन गरेको भन्दै उनीहरु दंग पर्छन् ।सहरमा पुरुष नभएकामा जवान युवतीलाई भने सुन्य महसुस हुने गर्छ । तर उनीहरु खुसी छन् । २३ वर्षीया नोल्मा भन्छिन्,‘कुनै जवान केटासँग चुम्बन नसाटेको धेरै भयो । प्रेममा पर्न म पनि आतुर छु । तर यसका लागि सहर छाडेर बाहिर जान भने तयार छैन । म यहीँ खुसी छु’उनी भन्छिन् ।
1409126719945_wps_6_A_TOWN_consisiting_entire

dailymail.co.ukबाट


195163195165

 

 

 

 

 


  •  
  •  
  •