लामो दूरीको सवारीमा प्रतिकिमी ५ पैसा घट्ने

251
  •  
  •  
  •  

काठमाडौँ, २२ माघ(ओएनएस) : प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको निर्देशनपछि यातायात व्यवस्था विभागले इन्धनको मूल्यको आधारमा सार्वजनिक सवारीसाधनको मूल्य समायोजन गरेको छ । विभागले लामो दूरीमा चल्ने सार्वजनिक सवारीको भाडा दर समायोजन गरेको हो । छोटो दूरीमा यात्रा गर्ने उपभोक्ताले भने यो सुविधा प्रयोग गर्न नपाउने भएका छन् ।

अन्तराष्ट्रिय बजारमा घटेको इन्धनको मूल्य र नेपाल आयल निगमले समायोजन गरेको मूल्यलाई आधार मानेर भाडा दरमा प्रतिकिलोमिटर पाँच पैसा मात्र घटाएर मूल्य समायोजन गरिएको हो । विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठका अनुसार मूल्य समायोजन गरेर मन्त्रालयमा स्वीकृतिका लागि प्रस्ताव गरिएको छ र स्वीकृत भए शुक्रबारदेखी भाडादर लागू हुनेछ ।

हाल प्रतिकिलोमिटरको भाडा दर १ रूपैयाँ ७८ पैसा कायम छ भने समायोजन गरिएको मूल्य कायम भए प्रतिकिलोमिटरको भाडा दर १ रूपैयाँ ७३ पैसा कायम हुनेछ । विभागले अहिलेको भाडा दरमा करिब तीन प्रतिशत घटाएर मूल्य समायोजन गरेको हो ।


  •  
  •  
  •