अनलाइन बस टिकटमा ५ प्रतिशत छुट

737
  •  
  •  
  •  

Online busकाठमाडौं, १५ पुस (ओएनएस) : अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले अंग्रेजी नयाँ वर्ष सन् २०१५ को अबसरमा बस टिकट काट्दा साबिक दरमा ५ प्रतिशत छुट योजना संचालन गरेको छ ।

बससेवा डटकमका अनुसार यो छुट योजना मंगलबारदेखि माघ १४ गतेसम्म लागु हुनेछ । बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत् पर्शुराम खनालले अंग्रेजी नयाँ वर्ष भएपनि यो अन्तर्राष्ट्रिय रूपमा मनाइने गरेको र नेपालमा पनि यसलाई आधार मानेर धेरैकाम हुनेहुदा नेपाली यात्रुहरूमा नया वर्षको खुसीयाली साट्नको लागि छुट योजना संचालन गरिएको बताउनुभयो ।

बससेवाले विगत छ महिनादेखि नेपालमा अनलाइनबाट बस टिकट काट्न सकिने प्रविधिको सुरूवात् गरेको छ । जसको माध्यमबाट आफु जाने बसको टिकट घरमै बसेर वा नजिकैको साइबर, कम्युनिकेशन सेन्टर तथा ट्राभल एजेन्सीबाट टिकट खरिद गर्न सकिन्छ ।

बससेवाले हाल देशभरका १०० भन्दा बढि यातायात व्यवसायीहरूस“गको सहकार्यमा मुलुकका मुख्य रूटहरूमा बसको टिकट काउन्टरको दरमा नै अनलाइनमार्फत् उपलब्ध गराउदै आएको छ । हालको अवस्थामा बससेवाले डिलक्स् तथा एसी गाडिहरूको टिकट उपलब्ध गराउदै आएको छ । पोखरा, सौरहा लगायतका केहि स्थानमा भने टुरिष्ट गाडि तथा माइक्रो बसहरूका समेत टिकट उपलब्ध गराउँदै आएको छ ।

बससेबा मार्फत् अनलाइन टिकट काट्ने प्रक्रिया निकै सरल रहेको छ । यात्रुले बससेवा डटकममा गइ आफु जाने गन्तब्य अथवा स्थान, मिती लगायत मागिएका विवरण भरेर ई–सेवा मार्फत् रकम भुक्तानी गरि टिकट काट्न सकिनेछ । ई(सेवाका देशभर ६ हजार भन्दा बढि जोन तथा पोइन्टहरू रहेको हुंदा ती नेटवर्क मार्फत् समेत टिकट काट्न सकिनेछ ।

यात्रुले टिकट काटिसकेपछि बससेवाले उपलब्ध गराएको टिकट प्रिन्ट गर्नु पर्नेछ । साथै यात्रु र सवारीधनीको मोबाइलमा समेत टिकट काटिएको एसएमएस् जानेछ । जसले गर्दा बिनाकुनै झण्जट यात्रुहरुले आफुले काटेको बसमा आरामदायी यात्रा गर्न सक्नेछन् । बससेवा मार्फत् टिकट काउन्टरको दरमा नै अनलाइनबाट टिकट खरिद गर्न सकिन्छ ।

यस्तै घरमै बसेर वा नजिकै रहेको साइबर, कम्युनिकेशन, ट्राभल एजेन्सीमा गएर आफुले चाहे अनुसारको बस टिकट काट्न सकिने तथा विदेशबाट समेत टिकट काट्न सकिने हुंदा नेपालको सार्वजनिक यातायातको क्षेत्रमा एउटा कोशेढुङ्गाका रूपमा लिइएको छ । हालसम्म कागजी प्रक्रिया र टिकङि प्रणालीमा निकै भद्रगोल रहेको यातायात क्ष्ँेत्रमा प्रविधिको प्रयोगले सहज र पारदर्शीता ल्याउने अपेक्षा गरिएको छ ।

स्थापनाको छोटो समयमै अनलाइनबाट टिकट काट्नेहरूको संख्या बढ्दै गइरहेको बससेवाले जनाएको छ । ई टिकट मार्फत् ९यात्रुको मोबाइलमा आउने म्यासेजले समेत यात्रा गर्न सकिने तथा घरबाटै टिकट काटी अनलाइन मार्फत् नै रकम भुक्तानी गरि काउन्टरमा गएर लाइन नबसी सिधै बसमा चढि यात्रा गर्न सकिनेहुंदा बस चढ्नका लागि सुरुमा टिकट लिन जानुपर्ने तथा टिाटका लागि लाइनबस्नुपर्ने समस्याबाट मुक्ति पाइने छ । हाल बससेवा मार्फत् पुर्वका अधिकांश रूटहरूमा यो सेवा सुरु भइसकेको छ भने पश्चिम नेपाल तथा अन्य रूटहरूमा पनि यो विस्तार भइरहेको छ ।

हाल काठमाडौँ बाट निम्न ठाउँमा जाने र आउने बस टिकट उपलब्ध छन।
काकडभिट्टा
बिराटनगर
बिरगन्ज
दील्ली
सुनौली
सुर्खेत
बिर्तामोड
धरान
चितवन
मनकामना
भैरहवा
कोहलपुर
दमक
कल्यानपुर
हेटौडा
पोखरा
लुम्बिनी
दैलेख
भद्रपुर
राजबिराज
लालबन्दी
सौराहा
तौलिहवा
अर्घाखाँची
बनियानी
मिर्चैया
सर्लाही
गाईघाट
बुटवल
गुल्मी
इटहरी
लहान
बर्दिबास
जनकपुर
पाल्पा
कृस्णनगर
ईलाम
पशुपतीनगर
गौर
नयापूल,कास्की
गोर्खा
वालिंग, स्याङ्जा
ओखलढुंगा
घुर्मि
भुलभुले,लमजुंग
नेपालगञ्ज
मिर्मी
गल्यांग, स्याङ्जा
मलङ्वा
रामेछाप
सिन्धुली


  •  
  •  
  •