यस्ता छन् लादेनलाई टाउकोमा ३ गोली हान्ने सैनिक…(तस्विरसहित)

253
  •  
  •  
  •  

काठमाडौ, २० कात्तिक(एजेन्सी) : विश्वका सबैभन्दा खतरानाक आतंकवादी भनेर चिनिएका अल कायदाका प्रमुख ओसामा बिन लादेनलाई गोली मार्ने अमेरिकाको नेवी सिलका सैनिकको परिचय सार्वजनिक गरिएको छ ।

सन् २०११ मे २ मा पाकिस्तानको एबटाबादमा अल कायदा प्रमुखको हत्या गर्ने मिशनमा गएका अमेरिकी नेवी सील टोली सिक्सका सदस्य र ओसामाको टाउकोमा ३ गोली हान्ने कमाण्डोको नाम रोब ओनील हो । ३८ वर्षीय रोब यस हप्ता फक्स न्युजमा देखिने छन् र उक्त अभियानको पूरा कथा उनलै आफै भन्नेछन् ।

अमेरिकाको मोटानामा हुर्केका ओनीलको परिचयको खुलासा SOFREP.COM ले गरेको हो । यो वेबसाइटले सेनासँग जोडिएका व्यक्तिका लागि काम गर्ने गर्छ । १६ वर्षको आफ्नो सेवापछि निवृत्त भएका ओनिल अव प्रेरणादायी भाषण दिने कान गर्छन् । सेनामा उनले ५२ मेडल पाईसकेका छन् । भाषण दिनका लागि उनलाई निकै राम्रो पैसा पनि दिने गर्छन् । ओनीलका पिता टमले पनि आफ्नो छोराको मिसन ओसामामा सहभागी भएको पुष्टी गरेका छन् । ओनीलले यसभन्दा अगाडि लेखेको एक लेखमा उनले सरकारको तर्फबाट पेन्सन तथा स्वास्थ्य सुविधा केही नपाएको बताएका छन् ।

rob-oneill-identified-as-navy-seal rob-oneill-identified-as-navy-seal1 rob-oneill-identified-as-navy-seal2 rob-oneill-identified-as-navy-seal3

 


  •  
  •  
  •