शीतलहरले लियो एक महिलाको ज्यान

149
  •  
  •  
  •  

बर्दिया, २७ पुस(ओएनएस) : केही दिनदेखी चलेको शीतलहरका कारण बर्दियाको जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहरकै कारण बाढीपीडित शिविरमा बस्दै आएकी एक महिलाले आज ज्यान गुमाएकी छिन् ।

गुलरिया नगरपालिका–२ सङ्गमबस्ती ४ नं टोलमा बस्दै आएकी ५७ वर्षीया सुमेली थरुनीको मृत्यु भएको हो ।

लगातार चलेको शीतलहरका कारण चिसो निकै बढेको छ र बजार पनि पूर्ण रूपमा खुलेका छैनन् भने सार्वजनिक यातायातका साधन पनि निकै कम चलेका छन् । चिसोका कारण बजारमा मानिसको चहलपहल पनि निकै पातलो भएको छ ।

सदरमुकाम गुलरिया नगरपालिका क्षेत्रमा नगरपालिकाले नगर क्षेत्रका चोकचोकमा आगो ताप्नका लागि दाउराको व्यवस्था गरेको छ । तर, ग्रामीण क्षेत्रका नागरिक भने घरभित्रै बस्न विवश छन् ।


  •  
  •  
  •