भीरमा खसेकोलाई ८ घण्टामा जिवितै उद्धार

268
  •  
  •  
  •  

hawis khanपाल्पा, १५ चैत(ओएननएस) : करिब ८ घण्टा पाल्पाको करनेटा भीरमा अड्किएका एक नागरिकको उद्धार गरिएको छ । रानीमहल नजिकैको करनेटा भीरमा अड्किएका अन्दाजी ३५ वर्षका व्यक्तिलाई आइतबार राति साढे ११ बजे प्रहरी, नेपाली सेना र शस्सत्र प्रहरीको टोलीले सफल उद्धार गर्न सफल भएको छ ।

आइतबार दिउँसो करिब ४ बजे छेर्लुंगबाट रानीमहल आउने बाटो करिडोर खन्ने क्रममा पुरिएपछि उनी सजिलो बाटो खोज्ने क्रममा भिरमा पुगेको सामान्य सोधपुछाट थाहा भएको छ । उनको मानसिक अवस्था कमजोर रहेको र उनले आफ्नो नाम हविस खान बताएको प्रहरीले जनाएको छ ।

hawis khan rescuedउनलाई अभियान नेपालले गैरागाउँमा सञ्चालन गरेको सेवा केन्द्रमा पठाउने तयारी प्रहरीले गरेको छ । अहिले उनको स्वास्थ्य स्थीति राम्रो रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।

तस्विरः यज्ञमूर्ति तिमिल्सिनाको फेसबुकबाट


  •  
  •  
  •