एक पुरुषको ३९ श्रीमती, १२७ छोराछोरी (फोटोफिचर)

488
  •  
  •  
  •  

काठमाडौं, २ भदौ (एजेन्सी)  : भारतको मिजोरममा एक यस्ता पुरुष छन् जस्का श्रीमती मात्र ३९ जना छन् । सन्तान त उनका १२७ जना छन् । मिजोरमको अजवालस्थित भक्तवाल गाउँक स्थानीय जातीय नेता समेत रहेका जिओनघाका चानाको परिवारप्रति राजनीतिकर्मीहरुको पनि विशेष चासो छ । किन भने उनको परिवारमा सबैभन्दा बढी मतदाता छन् ।

2 newsअहिले भारतमा लोकसभा निर्वाचन चलिरहेका कारण पनि उनको परिवारमा राजनीतिको विशेष चासो छ । मिजोरममा शुक्रबार मतदान हुँदैछ । चुनावको बेला जिओनघाका चानाले निक्कै सौदाबाजी गर्छन् । चानाको घरमा परिवारका लागि १ सय वटा कोठा छन् । चानाकी श्रीमती मध्ये १ रुक्मिणीले आफूहरु सबैजना सँगै गएर एकै उम्मेदवारलाई मत हाल्ने बताइन् । एकै घरबाट १६० मत भएको यो नै दुनियाँको एक्लो परिवार हो । उनीहरुले काठका भाँडा कुँडा बनाएर जिविको पार्जन गर्छन् ।

घरमा सबै भन्दा जेठी श्रीमती जाठिङ्गीले सबैको काम छुट्ट्याउँछिन किन भने घरमा निक्कै कडा अनुशासन छ । घरका महिलाहरुले पालै पालो खाना पकाउने कपडा धुने र भाँडा माझ्ने काम गर्छन् ।

 

3 photo

4 photo


  •  
  •  
  •