पुलहाउसमा गोली चल्दा एक जना घाइते

223
  •  
  •  
  •  

रुपन्देही, २२ कात्तिक(ओएनएस) : रुपन्देहीको क्षेत्र नं १ अन्र्तगत रहेको देवदह नगरपालिका वडा नं. ६ खैरेनी स्थित पुलहाउसमा गोली चल्दा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार अपरिचित व्यक्तिले गोली चलाएको स्थानीय प्रहरी चौकीका सइ गिरिराज अर्यालले बताए । उनका अनुसार पुल हाउसमा खेलिरहेको अवस्थामा गोली लागेर स्थानीय २५ वर्षका नारायण बस्नेत घाइते भएका छन् ।

घाईते बस्नेतको साप्रामा गोली लागेको छ । उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भईरहेको छ । ईलाका प्रहरी कार्यालय बुटबलका प्रमुख डिएसपी महेन्द्र खडकाले आफुहरु घटनास्थमा नै रहेको र अनुसन्धान भैरहेको बताएको छ ।


  •  
  •  
  •