एउटा बियरको बोतलको मूल्य ५ लाख २४ हजार

142
  •  
  •  
  •  

bottle of beerकाठमाडौ, ३२ जेठ(एजेन्सी) : आर्कटिक अभियानका लागि १ सय ४० वर्ष पहिले अर्थात् सन् १८७५ मा बनाइएको बियरको एक बोलत करिब ५ लाख २४ हजार(३३००) पाउण्डमा लीलाम भएको छ ।

यो रकम अनुमानित मूल्य भन्दा पाँच गुणा धेरै हो । उक्त बियरको बोतल करिब ९५ हजार(६ सय पाउन्ड)मा बिक्री हुने अनुमान गरिएको थियो ।

अलसोप्स आर्कटिक अले नामको बीयर स्टेफोर्डशियरको बर्टन ट्रेरेन्टमा सन् १८७५ मा सर जर्ज नारेसको नेतृत्वमा रहेको अभियानका लागि बनाइएको थियो । स्टेफोर्डशियरमा गोबोवेनको एक ग्यारेजमा एक बक्समा यो बियर भेटिएको थियो ।

पहिले व्हाइटचर्चको ट्रेवनियो एण्ड डीनमा एक लीलामीमा राखिएको यो बीयर स्कटल्याण्डका एक निजी संग्रहकर्ताले फोनमार्फत बोली लगाएर किनेका थिए ।


  •  
  •  
  •