दुई युवतीसँग होटेलमा बसेका युवकको मृत्यु

161
  •  
  •  
  •  

sanjeeb chhetriजलेश्वर, २३ जेठ(ओएनएस) : महोत्तरी सदरमुकाम जलेश्वरस्थित एक होटेलमा दुई केटी साथीसँगै  बास बसेका युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार काठमाडौं बस्दै आएका मोरङ्ग जिल्ला दुलारी गाविस वडा नं. ६ का अन्दाजी वर्ष २५ को संजिव क्षेत्री(चौहान)को जलेश्वरस्थित आरएस फैमिली होटेलको कोठा नं. १०३ मा शव भेटिएको हो । आफूसँगै आएकी केटी साथी कास्की जिल्ला मझेरी पाठक घर भई काडमाडौं सोर्हखुट्टेमा बस्ने अन्दाजी वर्ष २१ कि कल्पना तामाङ्गसँगै बस्दै गर्दा शनिवार बिहान ४:३० बजे मुखबाट रगत आएको र श्वास फेर्न अफ्ठ्यारो हुदा उपचारको लागी जलेश्वर अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हलखोरी गाविस वडा नं. ८ का अन्दाजी वर्ष ३१ का रघुनन्दन सुकलाले कुनै कार्यक्रम गर्न मृतक, मृतकसँगै बसेकी कल्पना र जिल्ला सर्लाही धनकौल गाविस वडा नं. ३ कि सुभद्रा कुमारी सिंहलाई ल्याएकोमा शुक्रवार राती निज रघुनन्दन सुकलाकै डेरामा खाना खाई तिनै जना होटेलमा सुत्न आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा थाहा हुन आएको छ ।

पेशाले तिनैजना डान्सर रहेको र जेठ २१ गते देखि होटेलमै बसेका सोधपुछका क्रममा केटीद्वयले जनाएका छन् । के कति कारणले मृत्यु भएको हो सो पोष्टमार्टम रिपोर्ट आएपछि मात्र भन्न मिल्ने प्रहरीले बताएका छन् ।


  •  
  •  
  •