बन्दको क्रममा एकको मृत्यु

87
  •  
  •  
  •  

dhanusa_districtधनुषा, २८ पुस (ओएनएस)  : एमाओवादी नेतृत्वको विपक्षी ३० दलीय मोर्चाले आह्वान गरेको बन्दको क्रममा जनकपुरमा एक जनाको मृत्यु भएको छ ।

बजार बन्द गराउन हिडेको जुलुसमा सहभागि राजाराम झाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । जानकी मन्दिरबाट सुरु भएको जुलुसमा सहभागि महोत्तरी, एकरइया घर झा भ्रमरपुरा चोकमा पुगेपछि अचानक ढलेका थिए ।

अचेत अवस्थामा रहेका उनलाई घटनास्थलबाट प्रहरीले जनकपुर अञ्चल अस्पतालमा लगेको थियो । अस्पतालमा पु¥याउने बित्तीकै उनलाई मृत घोषणा गरिएको थियो । उ

नी सुगरको विरामी भएको बताइएको छ । अस्पतालले पोस्टमार्टम पछि मृत्युको कारण थाहा हुने बताएको छ । अस्पतालमा जम्मा भएका बन्दकर्ताको भिडले प्रहरीले षड्यन्त्र गरेको आरोप लगाएका छन् ।


  •  
  •  
  •