प्यूठानमा बिस्फोटक पदार्थ पड्किदा एक महिलाको मृत्यु

118
  •  
  •  
  •  

pyuthan_districtकाठमाडौं, ५ चैत (ओएनएस)  : प्यूठानमा बिस्फोटक पदार्थ पड्किदा एक महिलाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानले दिएको जानकारीअनुसार प्यूठानको ओखरपोट गाविस वडा ५ आहालखोलामा बिस्फोटक पदार्थ पड्किएको हो । बिस्फोटमा परी ६२ वर्षिया नमादेवी पोखरेलको मृत्यु भएको प्यूठान प्रहरीले जनाएको छ ।

घटनापछि डिएसपी तुलबहादुर कार्की नेतृत्वको प्रहरी टोली छानविनको लागि त्यसतर्फ गएको छ ।


  •  
  •  
  •