कमजोर श्रीलंकासँग भारतको एकदिवसीय श्रृंखला आजबाट

327
  •  
  •  
  •  

india vs srilankaकाठमाडौ, १६ कात्तिक(एजेन्सी) : भारत र श्रीलंकाबीच पाँच एकदिवसीय श्रृंखलाको पहिलो खेल आज हुँदैछ । कटकको बाराबातगी स्टेडियममा हुने खेलमा भारतको कप्तानी विराट कोह्लीले र श्रीलंकाको कप्तानी एन्जेलो म्याथुजले सम्हाल्ने छन् ।

वेष्ट इण्डिज टोलीले भारतविरूद्धको एकदिवसीय खेल बीचमा नै छाडेपछि श्रीलंका एकदिवसीय श्रृंखलाका लागि तयार भएको हो । अघिल्लो वर्ष हुने विश्वकप फाइनलको प्रमुख दावेदारका रूपमा रहेका यी दुई टोलीबीच १५ नोभेम्बरसम्म प्रतिष्पर्धा चल्नेछ ।

अचानक भएको खेलका कारण श्रींलंकाली टोली भने पूर्ण रूपमा तयार नभएको बताइएको छ । लासिथ मलिंगा र रंगना हेराथ बिना नै श्रीलंकाली टोली मैदान उत्रने भएकाले पनि श्रीलंका कमजोर देखिने बताइएको छ ।

अर्कोतर्फ भारत भने निकै लयमा देखिएको छ र पहिला तीन खेलमा कप्तान महेन्द्र सिंह धोनीलाई आराम दिइएको छ । उनको ठाऊँमा विराट कोह्लीलाई कप्तानीको जिम्मेवारी दिइएको छ । विराटले केही समय अगाडि भएको वेष्टविण्डिजविरूद्धको खेलमा फर्ममा देखीएका थिए ।


  •  
  •  
  •