मुसा मार्ने विष खाएपछि एकको मृत्यु

116
  •  
  •  
  •  

पाँचथर, माघ ५(ओएनएस) : मुसा मार्नका लागि प्रयोग गरिने विष खाँदा एक बालकको मृत्यु भएको छ भने अर्का एक गम्भिर अवस्थामा रहेका छन् ।

विद्यालय जाने झोलामा राखिएको विष मिठाई सम्झेर खाँदा फिदिम १ का देबी लकान्द्रीका ३ वर्षिय छोरा युसन लकान्द्रीको उपचारको क्रममा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो भने अर्का मिराक केरूङको उपचार भइरहेको छ । उनको अवस्था गम्भिर रहेको पारिवारिक स्रोतले जनाएको छ ।

विद्यालयमा अचानक बिरामी भएपछि पाँचथर जिल्ला अस्पताल पाँचथर पुर्याउँदा उनीहरुले मुसा मार्न प्रयोग गरेको खुल्न आएको थियो । बान्ता गरेपछि आफन्तहरूले अस्पताल पुर्याएका थिए । देवी लकान्द्रीका ३ वर्षिय छोरा युसनले झोलामा रहेको विषको प्याकेट विद्यालय ल्याएको र उक्त प्याकेट दिउँसो दुई जनाले बाँडेर खाएको खुल्न आएको छ । युसनकी आमाले मुसा मार्नका लागि ल्याएको  विष दुईजनाले मिठाई सम्झेर खाएको प्रारम्भिक अनुमान गरिएको छ । बिरामी भए लगत्तै अस्पताल पुर्याइएका उनीहरूको पाँचथरमा उपचार सम्भव नभएपछि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको थियो ।

केन्द्रकी शिक्षिका सिता सावाँका अनुसार केन्द्रमा उनीहरूले खाजाको समय पछि उनीहरुले बान्ता गरेका थिए । प्रहरीले केन्द्रमा प्रयोग गरिएको डस्वीनमा बिष राख्न प्रयोग हुने प्लाष्टिकको प्याकेट फेला पारेको बताएको छ ।  प्रहरी इक्पेक्टर रविराज थपलियाले मुसा मार्ने विष बालकहरूले प्रयोग गरको खुल्न आएको बताए ।


  •  
  •  
  •