ओमानमा अलपत्र नेपालीको उद्दार

302
  •  
  •  
  •  

काठमाडौं, २५ असार (ओएनएस) – ओमानमा अलपत्र परेका परेका छ जना नेपालीलाई नेपाली दूतावासले उद्धार गरी स्वदेश फर्काएको छ । राजधानी मस्कटमा रहेको दूतावासले विज्ञप्ती प्रकाशित गरी ५ जनालाइ उद्दार गरेको जनाएको हो । स्वदेश फर्काइएकामा रुपन्देहीका बेजमोहन लोध, मोरङका याचक बहादुर मगर, रुपन्देहीका राम गरेश लोध, भगौती प्रसाद चमार, महोत्तरीका पाटीराम ठाकुर र धनुषाका दिनेश महरा छन् ।

रोजगारीको सिलसिलामा सात महिनाअघि मस्कट पुगेका उनीहरूलाई रोजगारदाताले कबुल अनुसारको तलव नदिएको, खाना तथा बासको उचित प्रबन्ध नगरेको भन्दै दूतावासमा लिखित तथा मौखिक निवेदन दिएका थिए ।

दूतावासले तोकिए बमोजिमको सेवा सुविधा तथा औषधो पचारको व्यवस्था गर्न पटकपटक अनुरोध गरेपनि कुनै सुनुवाइ नभएकाले आज स्वदेश फर्काइएको दुतावासले विज्ञप्ती मार्फत जनाएको छ ।


  •  
  •  
  •