नेपालद्धारा ओमानलाई कडा चुनौती, जितका लागि १ सय ६५ रन

255
  •  
  •  
  •  

u-16 nepali teamकाठमाडौं, १ भदौ । मलेसियामा जारी एसीसी यु–१६ प्रिमियर क्रिकेटको तेस्रो खेलमा नेपालले ओमानसामू १ सय ६५ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ ।

रोयल सेलाङ्गोर क्रिकेट क्लबको मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ४० ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १ सय ६४ रन को योगफल तयार गरेको थियो ।

नेपालका लागि अलराउण्डर जितेन्द्र सिंहले अविजित ३२ रन जोडेका थिए । यता, ओमानका जोसेफले ३० रन खर्चिएर ३ विकेट लिए । जितेन्द्रले पहिलो खेलमा ५ तथा दोस्रो खेलमा ३ विकेट लिएका थिए ।

ओमानले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

यसअघि नेपालले पहिलो खेलमा थाइल्याण्डलाई १० विकेट र दोस्रो खेलमा सिंगापुरलाई ४९ रनले पराजित गरेको थियो ।


  •  
  •  
  •