काठमाडौं । ओमान जान परराष्ट्र मन्त्रालयबाट अनुमति लिन नपर्ने भएको छ । ओमानको कोरोना सम्बन्धी सर्वोच्च समितिले गरेको निर्णय अनुसार यसअघि बिदामा रहेका र ओमान फर्कन चाहने नेपालीले पूर्व अनुमति लिन नपर्ने भएको छ ।
६ महिना (१८०) दिनभन्दा बढी अबधि ओमान बाहिर रहेकाको हकमा भने ओमानको आरओपीबाट जारी हुने नो अब्जेक्शन सर्टिफिकेट लिएर मात्र जानुपर्छ ।
नो अब्जेक्सन सर्टिफिकेट कम्पनीले नै बिदामा रहेका आफ्नो श्रमिकको स्वदेश फिर्तीका लागि आरओपीमार्फत जारी गर्ने ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ । यो नियम आउँदो अक्टोबर १ देखि लागू हुनेछ ।
हेर्नुहोस्