ओमानमा नेपाली महिलाको हत्या

246
  •  
  •  
  •  

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ओमान पुगेकी एक नेपाली महिलाको हत्या भएको छ । ओमानमा रहेको नेपाली दूतावासका अनुसार २ महिनाअघि ओमान पुगेकी मोरङको लेटाङकी अप्सरा दाहालको गएको जेठ ३ गते हत्या भएको हो ।


चक्कु प्रहारबाट गम्भीर घाइते दाहालको उपचारका क्रममा अस्पतालमा ज्यान गएको दूतावासले जनाएको छ । अप्सराको शव सुल्तान अलकाबुस अस्पतालमा राखिएको छ ।

उनी बंगाली नागरिकसँग बस्दै आएकाले तिनै बंगाली नागरिकले हत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।
यसैबीच ओमानमै बर्दियाकी सुनिता सार्कीको शंकास्पद मृत्यु भएको छ ।

उनी झुण्डिएको अवस्थामा फेला गरेकी छिन् । उनको घुँडाले भुईं छोएकाले सुनिताको मृत्यु शंकास्पद भएको दूतावासले जनाएको छ ।  सुनिता भिजिट भिसामा ओमान पुगेर घरेलु कामदारको रुपमा काम गर्दै आएकी थिइन् ।


  •  
  •  
  •