पहिलो पटक ओमानद्वारा नेपाल पराजित

308
  •  
  •  
  •  

काठमाडौं, २१ वैशाख (ओएनएस) : मलेसियामा जारी एसीसी प्रिमियर लिग अन्र्तगत आफ्नो तेस्रो खेलमा नेपाल पराजित भएको छ । परम्परागत व्याटिङको समस्या बल्झदाँ नेपालले ओमानलाई जितको लागि १ सय ५८ रनको न्यूनस्तर चुनौती दिएको थियो ।
क्वालालम्पुरको सेलेङ्गर टर्फ क्लबमा टस जितेर ओमानले फिल्डिङ रोजेपछि सुरुमा व्याटिङ गरेको नेपालले ४५ ओभरमा अल आउट हुँदै १ सय ५७ रन मात्र बनाउन सक्यो ।
नेपालले दिएको लक्ष्य ओमानले ८ विकेटको क्षेतिमा बल १३ बाँकी छदाँ पूरा गर्यो । बलिङ तर्फ राम्रो प्रदर्शन गरेको भएपनि निकै सानो स्कोरका कारण नेपाल पराजित हुनुपर्यो । कुनै समय धरमराएको ओमानको व्याटिङ सुल्तान अहमद र अमिर अलिले उकासे । नट आउट उनीहरुले ४६ रनको साझेदारी गर्दै टिमलाई जिताएका थिए ।
सुरुका दुवै खेलमा जित हात पारेर उत्कृष्ट लय समातेको नेपालले आफूभन्दा कमजोर प्रतिद्वन्द्वी ओमानविरुद्ध दरिलो पारी खेल्न सकेन । खराब शुरुवात गरेको नेपालका ओपनर सुवास खकुरेल खाता नै नखोली आउट भए ।
ज्ञानेन्द्र मल्लले ६ चौकासहित २६ रन मात्र जोडे । कप्तान पारस खड्का ६ रनमा आउट हुँदा धरासायी बनेको नेपाली व्याटिङक्रम मेहबुब आलमले पनि सम्हाल्न सकेनन् ।
उनी ५ रन बनाउँदा आउट भए । नेपालका चारजना ब्याट्सम्यान दोहोरो अंकै नजोडी आउट भए । ‘उत्कृष्ट फिनिसर’को रुपमा चिनिएका शरद भेसवाकर लामो समय क्रिजमा रहेपनि राम्रो स्ट्राइक रेट बनेन । सुस्त गतिमा रन बनाएका उनले ६१ बल खेल्दै १६ रनमात्र जोडे ।
विनोद भण्डारी १०, वसन्त रेग्मी ६  र शक्ति गौचन १५ रन जोडेपछि क्याच आउट भए । अन्तिममा सागर पुनले २० रन जोडे भने सोमपाल कामीले ११ रन जोड्दै नटआउट रहे ।
नेपालको बलिङ तर्फ कप्तान खड्का, सोमपाल र शक्ति गौचनले २–२ तथा बसन्त र सागरले एक–एक विकेट लिए ।
नेपाललाई सस्तैमा समेट्न ओमानका लागि अमीर कलिमले ३६ रन खर्चिँदै ४ विकेट लिए । त्यसैगरी एजे ललचेतर जेसन मक्सुदले २-२ विकेट लिए । राजेशकुमार र अमिर अलिले १-१ विकेट लिए ।
एक दिवसीय क्रिकेटमा ओमानसँग भएका यसअघिका दुईवटा खेलमा नेपालले जित हात पारेको थियो । प्रतियोगितामा लगातार तेस्रो जीत हात पारेको ओमान एसीएसी च्याम्पियनसिपका लागि छनौट भएको छ ।

  •  
  •  
  •  

Comments are closed.